नेपालगन्जमा एकै दिन १५ जना काेराेना संक्रमित भेटिए, नेपालमा बिरामी ७५ पुगे

समाधान संवाददाता २०७७ वैशाख २१ गते २०:३९

पाेखरा

बाँकको नेपालगञ्जमा आइतबार साँझ थप ६ जनामा कोराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा‌ समीर अधिकारीले नेपालगञ्जस्थित भेरी अस्पतालमा परीक्षणका क्रममा नेपालगञ्ज–८ का ३ महिला र ३ पुरुषमा कोभिड–१९ को संक्रमण देखिएको बताए ।

उनका अनुसार तीमध्ये १६, २१ र ३४ वर्षीय पुरुष तथा ४०, ५५ र ६० वर्षीया महिला छन् । योसँगै आइतबार मात्र बाँकेमा संक्रमित १५ जना भेटिएका छन् ।

दिउँसाे ९ जनामा संक्रमण देखिएको थियो । योसँगै बाँकेका संक्रमितकाे संख्या १६ पुगेको छ ।

Advertisement

नेपालमा संक्रमितकाे संख्या ७५ पुगेको छ । सहप्रवक्ता डा अधिकारीका अनुसार नेपालगञ्जमा देखिएका संक्रमितकाे स्वास्थ्य अवस्था सामान्य र स्वास्थ्यकर्मीको निगरानीमा छन् ।

Advertisement

तपाईको प्रतिक्रिया