सामाजिक अगुवा पूर्णप्रसादकाे निधन

पोखरा
नेपाल प्रेस युनियन कास्कीले सञ्चालन गरेको शान्ति पत्रकारिता पुरस्कारका संस्थापक पोखरा ११ तुलसी मार्ग निवासी पूर्णप्रसाद बरालको ९२ वर्षको उमेरमा आइतबार निधन भएको छ ।
केही समयदेखि मुटुको समस्याबाट प्रभावित बरालको मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो । उनका ३ छोरा र ७ छोरी छन् । हरिप्रसाद बराल, परशुराम बराल र भोला बराल छोरा हुन् ।
समाजसेवी, धार्मिक व्यत्तित्व भोला बरालको पहलमा शान्ति पत्रकारिता पुरस्कार स्थापना गरिएको हो ।
बरालको पार्थिव शरीर आइतबार नै रामघाटस्थित सेती नदी किनारमा अत्येष्टि गरिएको थियो । शवयात्रामा शुभेच्छुक, परिवारजन र आफन्त सहभागी थिए ।
कास्की कांग्रेसका सभापति कृष्ण केसी, गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापा, कास्की कांग्रेसका प्रवक्ता एवं नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल, प्रेस युनियन गण्डकी अध्यक्ष टंक अधिकारी, कास्की उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा र निवर्तमान अध्यक्ष शिरोमणि बराललगायतले श्रद्वाञ्जली अर्पण गरेका थिए ।









फेवा किनारमा १३ गतेबाट महोत्सव
महत्वाकांक्षी योजना, फितलो कार्यान्वयन
सम्पादकीय—मुस्ताङी स्याउः घटेको उत्पादन, बढेको दाम
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस एकसाथ मनाइँदै
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष गोदारसहित ८ जना पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया