काेराेनाले मिलायाे लायन्सकाे वर्षाैंदेखिकाे विवाद

समाधान संवाददाता २०७७ वैशाख २१ गते २२:३८

पाेखरा

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५- बी १ मा लामाे समयदेखि जारी पद बाँडफाँटकाे विवाद अहिले आएर मिलेकाे छ ।

डिस्ट्रिक्ट गभर्नर इन्दु लम्सालले आइतबार विज्ञप्ति जारी गरी विगत केही वर्ष देखी सेकेन्ड भाइस गभर्नरका लागि डिस्ट्रिक्टमा हुने गरेको निर्वाचनका कारण लायन्सहरु बीचमा देखा परेको निराशतालाई अभूतपूर्ण ढंगले सम्बोधन गर्न तथा निकास दिन सफल भएकाे जनाएकी छन् । लिडरिसप बैठकले विवाद समाधानकाे निर्णय गर्दै आगामी दिनमा मिलेर जाने निधाे गरेकाे हाे ।

Advertisement

हाल सेकेन्ड भिडिजीका लागि उम्मेवादरी दिएका महेन्द्र पौडेल र मणीश्री रत्न बज्राचार्यमध्ये पालै पालो यो वर्ष र अर्को वर्ष जिम्मेवारी दिनेगरी सहमति भएकाे हाे । सहमित अनुसार २०२०-२१ मा महेन्द्र पौडेल र २०२१-२२ मा मणिश्रीरत्न बज्राचार्यलाई निर्वाचित गरिने भएकाे छ । यसैगरी लायन वर्ष २०२०-२१ का चिफ एड्भाइजरमा मणीश्रीरत्न बज्राचार्यलाई मनोनयनलाई मात्र मनाेनयन गर्न प्रस्तावित गभर्नर मबहादुर रोकालाई आग्रह गर्ने निर्णय भएकाे छ ।

भव्य रुपले कन्भेन्सन गरी नेतृत्व हस्तान्तरण गर्ने धोको अधुरो रहे पनि यो विषम परिस्थितसमा डिस्ट्रिक्टमा अभूतपूर्ण एकताको सन्देश सम्प्रेषण गर्न पाउँदा अत्यन्तै हर्षित रहेकाे गभर्नर लम्सालले भनेकी छन् । उनले भनिन्, अझ आफैसँग प्रतिस्पर्धा गरेको मित्र मणिश्री रत्न बज्राचार्यज्यूलाई सहमतिको उमेदवार बनाउने वातावरण सिर्जना गर्न सकिएकोमा मलाई थप गौरवको अनुभुति भएको छ ।

Advertisement

अभूतपूर्ण एकताको वातावरण सृजना गर्न अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गर्ने एलसिआएफ एरिया लिडर बालकृष्ण बुर्लाकोटी, फर्स्ट भिडिजी मनबहादुर रोका तथा ३२५-बी १ का समस्त पिडिजी,भिडिजी एवं सहमतिकालागि लचकता अपनाउने मणिश्रीरत्न बज्राचार्य र प्रेरणा दिने पास्ट इन्टरनेसन डाइरेक्टर सञ्जय खेतानप्रति उनले सम्मन तथा धन्यवाद व्यक्त गरेकी छन् ।


लिडरिसप बैठकका निर्णय

१। कोरोना भारसको संक्रमणको यो विषम परिस्थितिमा हामी समाजसेवी लायन्सहरु फुटेर हैन – जुटेर अगाडि बढ्ने । प्रतिस्पर्धाभन्दा यो समयमा सहमतिका साथ नेतृत्व चयन गर्ने ।

२। बागमती र गण्डकी/ धौलागिरी क्षेत्रमा पालै पालो सेकेन्ड भिडिजी बन्ने भन्ने हाम्रो डिस्ट्रिक्टको पूर्व राेटेसन सिस्टममा पहिला बागमती र २०२१-२२ मा गण्डकी-धौलागिरी) लाई दिने भनिए पनि यो विशेष परिस्थितिमा आगामी २ वर्ष नै लगातार बागमती क्षेत्रलाई प्रदान गर्ने ।

३। हाल प्रतिस्पर्धामा देखिनु भएका सेकेन्ड भिडिजीका २ जना उमेदवार (लायन महेन्द्र पौडेल र लायन मणीश्री रत्न बज्राचार्य ) मध्ये पालै पालो यो वर्ष र अर्को वर्ष
सेकेन्ड भिडिजी बन्ने । लायन वर्ष २०२०-२१ को सेकेन्ड भिडिजीमा लायन महेन्द्र पौडेल र लायन वर्ष २०२१-२२ को सेकेन्ड भिडिजी मा लायन मणिश्रीरत्न बज्राचार्य लाई निर्वाचित गर्ने सहमती गर्ने । लायन वर्ष २०२०-२१ को चिफ एड्भाइजरमा लायन मणीश्रीरत्न बज्राचार्यलाई मनोनयन ( १ मात्र ) गर्न लायन मन बहादुर रोका सर लाई आग्रह गर्ने ।

४। रिडिस्ट्रकिङका लागि हाम्रो डिस्ट्रिक्टमा लायन्स क्लब अफ काठमाडौं निलगिरी र लायन्स क्लब अफ बालाजुले दर्ता गराएको २ वटै प्रपोजल फिर्ता लिन आग्रह गर्ने । अर्को वर्ष लिडसिपकाे आपसी सहमतीमा रिडिस्ट्रकिङको भरसक एउटा मात्र प्रस्ताव प्रस्तुत गर्न प्रयत्न गर्ने ।

५। यही परिस्थितिमा रेगुलर ढंगले कन्भेन्सनको आयोजना गर्न सक्ने अवस्थामा हामी छैनौं । अत लायन्स अन्तरराष्ट्रियको विधि विधान पालना गरी मल्टिपलका अन्य ३ वटै डिस्ट्रिक्टसँग आपसी समन्वय गरी समयानुकुल उचित प्रकृयाद्वारा छरितो तरिकाले आगामी वर्ष ( २०२०-२१) को नेतृत्व चयनको प्रकृया पूरा गर्ने।

तपाईको प्रतिक्रिया