वर्तमान परिवेश र जीवन अनुभूति

समाधान संवाददाता २०७७ वैशाख २२ गते १८:५२

डिलकुमारी पौडेल

समय बितिरहेको छ सदाबहार नदी सरी तर थाहा छैन जीवनको यात्रा कहाँसम्म पुगेर टुंगिन्छ । सफल र विफल अनुभवका यात्रा सरी जीवनका पलहरु अगाडि बढिरहेका छन अनन्तकाल सरी ।कति सम्झन लायक छन त कति सम्झदा पनि मन दुख्ने गरी चसक्क पार्ने खालका छन् ।

जीवनका उकाली ओराली गर्दा गर्दै जति बाटो पार गरियो त्यसलाई सफल मान्नु पर्छ ताकि अकालमा मृत्युले झुक्याउन सकेको छैन । जीवनका पलहरु ओझेल पर्दै जाँदा स्वाभाविक रुपमा अप्ठयारा घडीहरु नै बढी यादगार हुँदा रहेछन् र तिनै सम्झनाले बेलाबेलामा चस्काइरहन्छ ।

यस्ता पलहरु केही नितान्त व्यक्तिगत, केही सामाजिक र केही विश्वव्यापी हुने गर्छन् । वर्तमान परिवेशेमा भएको यो भाइरस महामारी जुन यस्तो लाग्दै छ कि यो कुनै भगवानको शत्रुले छल गरेर पृथ्वीमा आएर मानवलाई तहसनहस बनाउन खोजिरहेको छ लाग्छ कुनै टेलिसिरियल तथा सिनेमामा केही समय खल पात्रले उदण्ड मच्चाए झै गरी उथलपथल पारिरहेका छ र अन्तिममा असल पात्र वा नायक नायिका को नै विजय हासिल हुनेछ ।

तर यो महामारी एकैनाश यसै गरी मानव विनाश गर्दै जिवितलाई भयभित बनाउदै बाँच्न बाध्य बनाउने हो कि ?हिजो भन्ने गरेको सुनिन्थ्यो पनि भोलि कुुनै दिन कलियुग समाप्ती हुनेछ र फेरि पृथ्वी पहिलाको स्थितिमा आउनेछ भनेर ।के यी सुनेका कुराले यथार्थता पाउने हो त ?

भौतिकता र सासंरिक मोहमा रमाइरहेको मानिस आज मानसिक रुपमा मनोरोगी जस्तो हुन पर्ने अवस्था देखिन्छ ।भनिन्छ नि रोग,व्याध अनि विपत्ति बाजा बजाएर आउदैन भनेर ।के यो कोरोना भाइरस सासरिक मोह तोड्न आएकै हो त ? कतिलाई परिवार विहिन बनाइसक्यो,कतिलाई एम्बुस थापिरहेको छ र कतिलाई आफनो फाइलमा नाम टिपेर राखिसकेको छ ।

के यो सारा मानिसका सपना अनि फक्रदो जीवन अनि सगालिएका आशा भरोशाको भविश्य चकनाचर हुने नै हो त ? प्रश्नै प्रश्नले मन भित्र उत्तर खाजिरहेको छ । लाग्छ यी दिनहरु केही समयका लागि पाहुना सरी बन्नेछन ।

कसैलाई उडुस उपियाँ बनेर चुसिसकेको छ ,कसैलाई सताएको छ त कसैलाई तर्साईरहेको छ ।जे होस यो महामारीले सबैको मनोबल घटाएको छ र मानसपटलको उर्जालाई क्षय गरेको छ ।

संसार रच्ने र दिवा सपना देख्ने यी प्यासी मन र आखाँलाई रित्तो बनाएको आभाश हुन्छ । भविश्यका दक्ष जनशक्ति तथा कर्णधार हुन लायक फक्रदै गरेका कोपिलाहरुलाई डम्म वादलले ढाकेर दिउसै रुमलिरहेको छ ।

एउटा अबोध वालकले पनि आफनो वाल्यकालका तोते बोली फुटाउन नपाउदै मानसको जन्म र मृत्युको वारेमा सोधिरहेको छ अनि जीवनको शुरुवातको घडिमा जीवनको अन्तको कारण खोजिरहेको छ ।

आज अलौकिक शक्तिको परिक्षण फेल भएको छ । पूर्ण विकसित विज्ञान प्रविधि भर्खर वामे सर्दै हो कि जस्तो भ्रम भइराखेको छ ताकी यो विपत्ति र महामारीको वेगलाई थाम्न नसक्दा ।अस्वस्थ रुपमा हँदै आएको प्रतिस्पर्धा आज केवल जीवन रक्षाका लागि मात्र लडिरहेको भान हन्छ ।

तेरो मेरो भन्नेले आज हामी शब्द बोलिरहेको छ ।यस्तै एकल परिवारमा रमाइरहेको मानिस पुख्र्यौली घर परिवार सम्झन थालेको छ ।आधुनिकतालाई पछ्याउने मानिसहरु आज आफना विगतलाई फर्केर सोच्न बाध्य बनेको छ ।लाग्छ अब नयाँ दिन भन्दा पराना दिन नै प्यारा छन् ।

त्यस्तै आधुनिकतामा रमाइरहेको एक्काइसौ शताब्दीका नव पुस्ता युवा युवती उही पुराना साथीहरु फूलमाया ,कान्छी ,भुन्टी,काले ,नन्देलाई सम्झन थालेका छन ।यी सम्झनाको कारण नै त्यही थियो विपत्ति ।

आखिर यो प्रमाणित हन्छ की मानिसले मानवरुपी व्यवहार र सम्झना मात्र दुःख र विपत्तिमा गर्दछ की भनेर ?यसै गरी धेरै धनराशि जम्मा गरेर विश्व रेर्कड तोड्न चाहने परोपकारी वनेर उदाहरणिय वनेका छन् ।

हिजो अजम्मरी जस्तै व्यवहार गर्ने मानिस आज आफुलाइृ पृथ्वीमा केही दिनको पाहुना सम्झिरहेका छन ।आखिर विपति र आपत्तिको लागि युद्ध मात्र काफी रहेनछ भन्ने कुरा सवैलाई अुनभूति भएको छ ।

आफनै संसारमा रमाईरहेका मानिस अब इश्टमित्र ,साथीभाई ,छरछिमेक अनि आफनै पाखा पखेरो सम्झन थालेका छन ।मृत्यु शैथ्यामा रहेका बेला पनि आफन्तसगँ चुमेर रुन सम्म नपाउदा लाग्छ मात्र अब सिँगो शरिर जोगाउन पर्ने स्वार्थी बाध्यता अनि बिवशता ।

मृत्य संस्कार नपाउदा ती मृत लाशहरु छाडा छाडिएका पशुका लाशहरु सरह बनेका छन ।यी दृश्यले मानशपटलमा नमेटिने गहिरो छाप बसेको छ कहिले नमेटिने गरी ।

सांसरिक करुणा सुनेर नी नसुने झै गरेर बुझ पचाएर हिडन परेको छ ।नदेखिने मनको घाउलाई टाल्न परेको छ ।थाहा छैन मानवको कति दिनको आयु भनेर प्रकृतिले नै लुकाइराखेको छ भगवानले परिक्षा लिए झै गरी ।मानव भित्रा भित्रै पिडा सल्केको छ ।

कतै ज्वारभाट दन्किरहेको छ त सल्किन लागिरहेको र कतै निभाउने प्रयास प्रयास भइरहेको छ । प्रकृतिले विज्ञानलाई गिज्याईरहेको छ कि “ओइ विज्ञान निकै ताजुब देखाउथिस् त ? के नापिस ?”

यसरी नै आज चकमन्न परिवेश देखिएको छ ।सधै तरवार र हतियारले जित्न खोज्ने यो वैज्ञानिक युगको मानव निर्जिव वस्तु सरी फोस्रो आडम्मर लुकाई झुकिरहेको छ ।मृत्युका अगाडि घुडा टेकिरहेको छ अवाक हदै ।

आफना इश्ट देवता अनि पितृहरुको आर्शिवाद मागिरहेको छ ।पुरा आय देऊ भगवान भनेर भगवानसगँ भिख मागिरहेको छ ।किरा, फटयांग्रादेखि जगली जनावर नभनिकन सवै प्राणीको रगत चुसेर रमाइ आफूलाई सर्वश्रेष्ठ ठान्ने मानिस फेरि सोच्न बाध्य बनेको छ ।

यो महामारीसँगै नियन्त्रणको उपायको लागि लगभग विश्व भरि गरिएको यो घर वाहिर निस्कन वन्देज गरिएको अभियान पालना गर्न हम्मे हम्मे परेको छ ।एकातिर महामारीको डर अर्काै तिर भोकमरीको हाहाकार अनि कैदी जीवन सरी जीवन यापन त्यही माथी त्रासीत जीवन शैली कहाली लाग्दो बनिरहेको छ ।

आफन्त भएर पनि नभएको आभाश फेरी कोही आफन्त आउदा खसिले प्रफल्ल हने मन अहिले भेट्दा मलिन देखिन थालेको छ ताकी त्यही काल भाइरस बोकेर ल्याएका त छैनन भनेर ।चारकोषबाट चिच्याएर बोलाउन मन लाग्ने साथीभाईलाई ठोक्दिा पनि भाग्न पर्ने अवस्था आएको छ ।

पुरै शरिर र मुख छोपेर हिडेका मानिस देख्दा कतै भूत पिचाश त हैनन ?भनिन्छ नि बाच्दै गर्नु पर्छ के के सुन्न ,देख्न र अनुभब गर्न पाइन्छ भनेर ।यस्तै लागिरहेछ आजको परिवेश ।

पल्ला घरको परिवारले ओल्ला घर र ओल्ला घरको परिवारले पल्ला घरको परिवार देख्दा डर भएर मुन्टो बटारेर हिड्न पर्ने बाध्यता बनेको छ ।आपत परेको बेलामा सहयोग त परै जाओस् छुन सम्म नहुनेृ परिस्थीती सिर्जना भएको छ ।

अस्ह्य पिडा हुदा अस्पताल जान डर ,गए उल्टै अर्काे रोग ल्याउने डर ।उफ,कस्तो समय आयो मान्छे देख्दै बाघ भालु देखे जस्तो हने ।जन्मन नपाउदै मेरो छोरा छोरीलाई डाक्टर बनाउछु भनेर सपना देख्ने बाबा आमा तथा डाक्टर बनेर ठूलो मान्छे भएर दे्शको सेवा गर्ने सपना पनि विचमा रोकिन पर्ने र आफनो लक्ष्यलाई फेरि मोड्न परेको छ ।

जहाँ आफनै जीवनको निश्चित छैन त त्याहा कसरी भविश्य देख्नु र जीवनका सपना बुन्न ? विकसित मुलकमा रहर या बाध्यताले दिवा सपना बोकेर वैदेशिक रोजगारमा गएका नेपालीहरुलाई स्वदेशको मोह बढ्न थालेका छ ।

विदेशमा पैसा, ऐश र आरामदायी जीवन भएता पनि माया र सुरक्षाको अभाव खड्किरहेको छ ।त्यसैले खोले पिठो खाएर भए पनि आफनै देशमा बस्ने मन छ ।

अब लाग्छ नेपाल आमाले पनि यसरी बोलाइरहेकी छन कि स्वस्थ जीवन जीउन, स्वस्थ हावा खान, स्वाभिमानि भएर बाच्न स्वदेश फर्क भनेर अनि फेरि पनि भनिरहन बाध्य छन कि तिमीलाई तिम्रा बुढा बाबा आमाले बाटो कुरेर पर्खिरहेका छन, रित्ता कोठाले तिमी आउने ढोकामार्किरहेका छन र बाझा गर्हाहरुले बोलाएका छन भनेर ।

यसैगरी बाझा जमिनमा चुहाएको पसिनाले तिमीलाई तिमीलाई स्वस्थ र दिर्घजीवी बनाउनेछ अनि तिमी असली नेपाली सन्तान हुनेछौ ।

तपाईको प्रतिक्रिया