पुस्तक व्यवसायलाई अत्यावश्यक सेवामा राख्न माग

समाधान संवाददाता २०७७ वैशाख २२ गते २०:३७

पोखरा

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको प्रतिनिधिमुलक टोलीले गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनसँग भेटघाट गरी पुस्तक व्यवसायलाई अत्यावश्यक सामग्रीमा राख्न माग गरेको छ ।

मन्त्री  पुनसँग भेटघाटमा विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस र नेपालका सातै प्रदेशमा भैरहेको लकडाउनले लाखौं विद्यार्थीहरुको पढाइ, हजारौं पुस्तक व्यवसायीहरुको व्यापार, आम पाठक वर्गमा पर्न गएको असरप्रति ध्यानआर्कर्षण गराएको हो ।

Advertisement

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष ऋषिराम शर्मा भण्डारी, गण्डकी प्रदेशका अध्यक्ष दुर्गा श्रेष्ठ साथै केन्द्रीय सदस्य शिवराज बास्तोलासहितको टोलीले सामाजिक विकास मन्त्री नरदेवी पुनसँग भेट गरी सम्पूर्ण मानव जातिमा स्वास्थ सम्बन्धी त्रासमा रहेको अवस्था, वर्तमान र आगामी दिनमा गण्डकी प्रदेश भित्र पुस्तक तथा स्टेसनरी (शैक्षिक, पाठ्य) सामग्रीको अवस्था लकडाउन खुले पछिको अवस्थालाई कसरी सहज गर्ने र शिक्षा जस्तो महत्त्वपूर्ण व्यवसाय भएकोले पुस्तक व्यवसायलाई अत्यावश्यक सामग्री अन्तर्गत राखी सुरक्षित तरिकाले काम गर्ने वातावरण सिर्जना गरीदिन समेत पुस्तक व्यवसायीहरुले आग्रह गरेका छन् ।

सरकारले जनताको स्वास्थ र जिउ ज्यानको सुरक्षाका लागि गरिएको लकडाउन- को पूर्णरुपले पालना गर्ने प्रतिवद्द्ता समेत व्यवसायीहरुद्धारा व्यक्त गरिएको थियो । छलफलमा सामाजिक मन्त्री पुन सकारात्मक रहेको बताउँदै व्यवसायीहरुको सुझाव यथासक्य सम्वोधन गर्ने र यसबारेमा मुख्यमन्त्रीसँग छलफल गरेर सम्वोधन गरिने नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका केन्द्र‍ीय सदस्य शिवराज बास्तोलाले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया