अनलाइन कक्षाका नाममा शुल्क नलिन र भर्ना नगर्न मन्त्रालयकाे निर्देशन

समाधान संवाददाता २०७७ वैशाख २२ गते २०:४४

काठमाडाै‌ं

निजी विद्यालयले धमाधम अनलाइन कक्षा थालेपछि यसकाे वहानामा शुल्क असुल नगर्न शिक्षा मन्त्रालयले निर्देशन दिएको छ ।

विद्यालयहरुले अनलाइन कक्षाको नाममा बैंक खातामा पैसा जम्मा गर्न भनेकाे समाचारप्रति ध्यानाकर्षण भएको भन्दै मन्त्रालयले सूचनामार्फत् निर्देशन गरेकाे हाे ।

Advertisement

अर्काे सूचना नआउँदासम्म नयाँ भर्ना नलिन पनि मन्त्रालयले परिपत्र गरेको छ । शिक्षा मन्त्रालयले सबै कुराको सुक्ष्म मूल्यांकन गरेकोले मन्त्रालयको निर्णयपछि मात्रै भर्ना लिन अनुरोध गरेको छ ।

यस्तै माध्यामिक तहसम्मका विद्यालयले १ महिनाको शुल्क नलिन सरकारले पटक पटक दिएको निर्देशन पालना गर्न पनि मन्त्रालयले ध्यानाकर्षण गराएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया