नेपालगन्जमा फेरि थपिए ७ संक्रमित

समाधान संवाददाता २०७७ वैशाख २३ गते ८:४६

पाेखरा

नेपालमा काेभिड १९ काे इपिसेन्टर बनेकाे नेपालगन्जमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार थप सातजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मंगलबार संक्रमण पुष्टि हुनेमा २२, ३० र ४० वर्षीय पुरुषहरु तथा ९ वर्षकी बालिका ३२, ३४ र ५५ वर्षीया महिला रहेको जनाइएको छ ।

Advertisement

सबै संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । योसँगै नेपालगञ्जमा कोरोना भाइरस संक्रमितको संख्या २३ पुगेको छ ।

नेपालगञ्जमा कोरोना भाइरसको संक्रमण फैलिएपछि आजबाट ३ दिनका लागि निषेधाज्ञा लागु गरिएको छ।

Advertisement

नेपालमा अहिलेसम्म काेरोना भाइरस संक्रमितको संख्या ८२ पुगेको छ भने १२ जना उपचारपछि फर्केका छन् । उपचारपछि फर्किएका २ जनामा फेरि पाेजेटिभ देखिएपछि उनीहरु अहिले वीरगन्जमा उपचाररत छन् ।

तपाईको प्रतिक्रिया