निजी क्षेत्रलाई राहत र चलायमान बनाउन माग

समाधान संवाददाता २०७७ वैशाख २३ गते १५:२९

पोखरा
पोखरा चेम्बर अफ कमर्स कास्कीले कोरोना भाइरस (कोभिड–१९) को कारण अर्थतन्त्र तहस नहस भएको अवस्थामा निजी क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर राहात दिन र चलायमान बनाउन माग गरेको छ ।


चेम्बरले अहिलेको विषम परिस्थितिमा निजी क्षेत्रलाई राज्यले अधिकतम संरक्षण गरेर राहत प्रदान गर्न एवं चलायमान बनाउन आग्रह गरेको छ । पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारले गत चैत ११ गते सुरु भएको लकडाउनको कारणले आर्थिक गतिविधि ठप्प भएको उल्लेख गर्दै निजी क्षेत्रलाई राहात तथा सहुलियतको व्यवस्था गर्न माग गरेका हुन । अध्यक्ष सुनारले मंगलबार प्रकासित प्रेस विज्ञप्तिमा लकडाउनका कारण पुँजी तरलतामा गम्भीर असर परेको उल्लेख गरेका छन ।

‘निजी क्षेत्रले आफ्ना कर्मचारी तथा मजदुरको पारिश्रमिक, बैँक तथा वित्तिय संस्थाबाट लिएको ऋणको ब्याज र किस्ता, घर तथा गोदामको भाडा, आपुर्तिकर्ताको बांकी भुक्तानीहरु, कर राजश्व तथा विविध निश्चित लागतहरु एकैपटक भुक्तानी गर्न सक्दैनन,’विज्ञप्तिमा भनिएको छ, ‘उद्योगी र व्यवसायीहरुले बैंक तथा वित्तिय संस्थाहरुबाट लिएको ऋणको ब्याजदर मिनाहा र घरभाडामा छुटको व्यवस्था गर्न आवश्यक छ ।’ लक डाउनको कारण निजी क्षेत्रले अस्वभाविक परिस्थतिको सामना गर्नु परेको उल्लेख गर्दै विज्ञप्तिमा विना कुनै जमानीमा बजारमा प्रदान गरेको क्रेडिट सुविधा सहज तरिकाले आउने,अवस्था नभएको दावी गरिएको छ । चेम्बर अफ कास्कीले विषम परिस्थितिमा घरधनी महानुभावबाट घरवहाल र बैंक तथा वित्तिय संस्थाहरुबाट कर्जा व्याजमा निश्चित समय अवधीका लागि छुट दिएर उद्योगी व्यावसायीलाई सहयोग गरी हौसला प्रदान गर्न समेत आग्रह गरेको छ ।

Advertisement

नेपाल सरकारले लगाएको लक डाउन समयावधी कति दिनसम्म लम्बिने हो भन्नेमा सबै क्षेत्र अन्यौलमा रहेको चर्चा गर्दै विज्ञप्तिमा कोरोना भाइरस सक्रमण जोखिमको दृष्टिले ग्रीन जोनमा रहेको गण्डकी प्रदेशका लकडाउनलाई विस्तारै खुकुलो बनाउन अपलि गरिएको छ । विज्ञप्तिमा लकडाउनका कारण पर्यटन क्षेत्र, थोक तथा खुद्रा ब्यापार क्षेत्र, उद्योग क्षेत्र आदि ऋणात्मक हुने सम्भावना बढेको दावी गरिएको छ ।

लकडाउनले कुल ग्राहस्थ उत्पादन (जिडिपी) मा एक तिहाई हिस्सा रहेको कृषि क्षेत्रमा पनि नाशवान वस्तुहरुको उत्पादन भण्डारण र विक्रिमा असर परिसकेको उल्लेख गर्दै विज्ञप्तिमा अर्थतन्त्रका अन्य क्षेत्रहरु घर,जग्गा निर्माण यातायात आदिमा पनि नकारात्मक प्रभाव पर्न थालिसकेको जनाइएको छ । लकडाउन पछि यातायात क्षेत्र ठप्प भएको उल्लेख गर्दै विज्ञप्तिमा उद्योग तथा कलकारखाना, व्यवसायिक प्रतिष्ठान तथा व्यापार बन्द हुँदा विद्युत माग घटेको उल्लेख छ । ‘लकडाउनका कारण वैदेशिक रोजगारीमा गएका मध्ये कति घर फर्किएलान् ंर फर्किंए भने कसरी व्यवस्थापन गर्ने भन्ने आफैमा चुनौति पुर्ण छ,’ विज्ञप्तिमा भनिएको छ, ‘वैदेशिक रोजगारीबाट, फर्किदा र रेमिटेन्स घट्दा कैयौँ सामाजिक समस्या आउने मात्र होईन आर्थिक क्षेत्रमा यसको सिधा असर बैँकमा तरलता अभाव र विदेशी विनियम संचितिमा पर्ने देखिन्छ ।’

Advertisement

विज्ञप्तिमा नेपालको आर्थिक क्रियाकलाप (व्यापार, विदेशी लगानी तथा सहायता)मा झण्डै ८० प्रतिशत हिस्सा ओगटेको दुई छिमेकी मुलुक भारत र चीनको आर्थिक मन्दीले पनि असर पार्ने उल्लेख छ ।

तपाईको प्रतिक्रिया