प्याब्सनले भन्यो–यस वर्ष एसएलसी खारेज गरौं, आन्तरिक परीक्षाकै नतिजा प्रकाशन गरौं

समाधान संवाददाता २०७७ वैशाख २३ गते १५:५५

समाधान, काठमााण्डौं ।

कक्षा १०मा अध्ययनरत लाखौं विद्यार्थीको भविष्यसंग जोडिएको यस
वर्षको एसएलसीको परीक्षा खारेज गर्नु पर्ने आवाज उठेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनले माध्यमिक शिक्षा परीक्षा एसईईको ग्रेड निर्धारण आन्तरिक परीक्षाबाटै गर्न आग्रह गरेको छ ।

कोरोना भाइरसले गर्दा परीक्षा सञ्चालन गर्ने अवस्था नभएको भन्दै नीजि विद्यालयहरुको सस्था प्याब्सनले यस्तो आग्रह गरेको हो । उसले प्रेस विज्ञप्ती नै जारी गरेर यस्तो माग राखेको छ ।

Advertisement

‘विद्यालयहरूले गरेका आन्तरिक मूल्यांकनलाई नै राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरी ग्रेड सिट र प्रमाणपत्र दिने व्यवस्था गर्न प्याब्सन केन्द्रीय कार्य समिति उपयुक्त ठहर गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

यसका लागि आवश्यक कानूनी अड्चन फुकाउनसमेत सरकारसँग आफूहरूले आग्रह गरेको प्याब्सनका अध्यक्ष टीकाराम पुरीले बताएका छन । ०७६ को एसईईका लागि मात्रै लागू हुने गरी कानून व्यवस्था मिलाउनुपर्ने ब्याब्सनको सुझाव छ ।

Advertisement

चैत पहिलो साताका लागि तय भएको एसईई परीक्षा नोवल कोरोना भाइरसका कारण अन्तिम समय स्थगित भएको थियो ।

तपाईको प्रतिक्रिया