काेराेनाले विश्भर साढे ३६ लाख संक्रमित, २ लाख ५७ हजारकाे मृत्यु

समाधान संवाददाता २०७७ वैशाख २४ गते ६:२०

पाेखरा

विश्वभर ३६ लाख ५९ हजार २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बुधबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा सबैभन्दा बढी छ । त्यहाँ १२ लाख ३ हजार ५ सय २ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, स्पेनमा २ लाख १९ हजार ३ सय २९, इटालीमा २ लाख १३ हजार १३, बेलायतमा १ लाख ९६ हजार २ सय ३९, फ्रान्समा १ लाख ७० हजार ६ सय ८७ जनामा संक्रमण पुष्टि भएको छ।

Advertisement

विश्वभर २ लाख ५६ हजार ८ सय ९४ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ। मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै बढी छ। त्यहाँ ७१ हजार २२ जनाको मृत्यु भइसकेको छ।

बेलायतमा २९ हजार ५ सय २, इटालीमा २९ हजार ३ सय १५, स्पेनमा २५ हजार ६ सय १३, फ्रान्समा २५ हजार ५ सय ३७ जनाको मृत्यु भइसकेको छ।

Advertisement

विश्वभर ११ लाख ९७ हजार ३ सय ४० कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै बढी छ। त्यहाँ १ लाख ८९ हजार ७ सय ९१ जना संक्रमणमुक्त भएका छन्।

जर्मनीमा १ लाख ३५ हजार १ सय, स्पेनमा १ लाख २३ हजार ४ सय ८६, इटालीमा ८५ हजार २ सय ३१ जना संक्रमणमुक्त भएका छन्।

तपाईको प्रतिक्रिया