पत्रकार नेपालीमाथिको दुव्र्यवहारप्रति प्रेस संगठनको ध्यानाकर्षण

समाधान संवाददाता २०७७ वैशाख २४ गते १६:४१

समाधान संवाददाता
रिपोर्टिङका क्रममा कास्की प्रहरीले आवरअल न्युज डटकमका सम्पादकमाथि दुव्र्यवहार गरेको भन्दै घटना उपर ध्यानाकर्षण भएको प्रेस संगठन कास्कीले जनाएको छ ।

बुधबार विज्ञप्ती सार्वजनिक गर्दै संगठनका संयोजक माधव बरालले पत्रकारमाथिको विभेदको निन्दा गरेको बताएका छन् ।

‘आवरअल न्युज डटकमका सम्पादक प्रेम नेपालीलाई वैशाख २३ गते मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय कास्की गेट बाहिर प्रहरी अधिकृतले समाचार संकलनमा अवरोध पु¥याई दुव्र्यवहार गरेकोप्रति प्रेस संगठन कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ ।

Advertisement

पोखराको बाटुलेचोरमा भएको जातीय विभेदको घटनामा सम्लग्नलाई पक्राउ नगरेको भन्दै जिल्ला प्रहरी कार्यालय अगाडि जम्मा भएका पीडित पक्ष, जनप्रतिनिधिहरु लगायतका बारेमा समाचार संकलनका क्रममा भिडियो खिचिरहेको अवस्थामा अनुमति नलिई किन ? भिडियो खिचेको भन्दै प्रहरीले गरेको दुव्र्यवहारको प्रेस सगठन कास्की निन्दा र भत्र्सना गर्दछ ।

कोरोना भाइरसको संक्रमणको समयमा पनि आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका पत्रकार माथि गरिएको दुव्र्यवहार पे्रस स्वन्तन्त्रता विरोधी हर्कत भएको ठहर गर्दै आगामी दिनमा यस्ता हर्कत नदोहो¥याउन प्रहरी प्रशासन लगायत सम्बन्धित सबैलाई अनुरोध गर्दछौं ।’ जारी विज्ञप्तीमा भनिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया