हिजाे पाेखरा छाडेका १९ चिनियाँ नागरिकले आज चीन उड्ने

ईश्वर देवकोटा
कोरोनाका कारण लम्बिएको लकडाउनमा प्रभावित बनेका चिनियाँ नागरिकलाई आफ्नै मुलुक फर्काउन चिनियाँ दुतावासले बुधबार १९ जनालाई पोखराबाट काठमाडौं लगेको छ ।
दुतावासले परराष्ट्र हुँदै गृह मन्त्रालयसँगको समन्वयमा उनीहरुको अभिलेख पास जिल्ला प्रशासन कार्यालय कास्कीले उपलब्ध गराएपछि काठमाडौंका लागि निस्केका हुन् ।
गृह मन्त्रालयको निर्देशन अनुसार उनीहरुलाई काठमाडौं पठाइएको कास्कीका सिडिओ ज्ञानप्रसाद ढकालले जानकारी दिए ।
दुतावासले उनीहरुलाई भोलि चिन लैजाने भएको छ । रेवानका उपाध्यक्ष लक्ष्मण बरालका अनुसार भोलि उनीहरुलाई २ ठाउँमा गरिने फ्लाइट मार्फत चिन लगिने बुझिन आएको उनले बताए । रेवानले चिनियाँ नागरिकलाई काठमाडौंसम्म पुर्याउनका लागि सहजीकरण समेत गरेको थियो ।
‘चिनियाँ नागरिकलाई दुतावासले आफ्नै मुलुक लैजाने भनेपछि कास्की प्रशासनसँगको समन्वयमा हामीले सवारी व्यवस्थापन लगायतमा सहयोग गरेका हौं,’ उनले भने, ‘१९ सिटे कोस्टर गाडीमा उनीहरु पोखरादेखि काठमाडौंतर्फ प्रस्थान गरिसकेका छन् ।’
फर्किनेमध्येमा अधिकांश यहाँस्थित व्यवसायी र आयोजनाको काम संलग्न रहेको बरालले अनौपचारिक छलफलको पत्तो पाएको बताए । ‘फर्किएका नागरिक चिनियाँ मापदण्ड अनुसार स्वयं खर्चमा तोकिएको अवधिसम्म क्वारेन्टिनमा बस्नुपर्ने नियम रहेछ,’ बरालले भने ।
लकडाउनका कारण यसअघि पनि अलपत्र परेका पर्यटकलाई आफ्नो मुलुक फर्काउन विभिन्न देशका दुतावासले पोखराबाट उद्धार गरेका थिए ।









पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती
राजनीतिक सन्देश एसएमएस प्रकरणमा एनसेलको ध्यानाकर्षण
दराजमै थन्किन्छ सिफारिस
प्रोग्रेसिभ फाइनान्सको सभा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया