मुस्ताङका दीर्घराेगीलाई निशुल्क औषधी

एसके थकाली, जाेमसाेम
दीर्घ बिरामीलाई मुस्ताङका स्थानीय तहले निःशुल्क वितरण गर्न थालेका छन् । नोबेल कोराेना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउन गरेसँगै दीर्घ रोगीहरु समस्यामा पर्दै आइरहेका थिए ।
लामो समयसम्मको लकडाउनले नियमित औषधी सेवन गर्नबाट बञ्चित दीर्घ रोगका बिरामीलाई जिल्लाका स्थानीय तहले औषधीको जोहो गरिदिएका हुन् । जिल्लाको वारागुङ मुक्तिक्षेत्रले २ साता अघि सुरु गरेको यो सेवा घरपझोङ र थासाङ गाउपालिकाले समेत अनुसरण गरेका हुन् ।
मधुमेह, कोलेस्टोर, थाइराइड ,ब्लडप्रेसर,क्यान्सर र बाथका विरामीलाई स्थानीय तहले घरमा लगेर औषधी वितरण गरेको वारागुङ मुक्तिक्षेत्रका सूचना अधिकारी सूर्य तिमिल्सिना जानकारी दिए ।
उनले पालिका भित्रका ७५ जना दीर्घ रोगीहरुलाई औषधी उपलब्ध गराएको बताए । स्थानीय तहले गाउँपालिकाकै बजेटमा निशुल्क औषधी वितरण गरेको थासाङका सूचना अधिकारी संञ्जिव थकालीले जानकारी दिए ।
यसअघि गाउपालिकाले स्थानीय तहका दीर्घ रोगीहरुलाई औषधी माग गर्न नामावली संकलन गरेको सूचना अधिकारी थकालीले उल्लेख गरे । बुधबार मुस्ताङको थासाङ गाउँपालिकाले ५ वटै वडाका वडाध्यक्षलाई औषधी हस्तान्तरण गरेको छ ।
दीर्घ रोगका बिरामीलाई घरमै औषधी पुर्याउने उद्देश्यले ५ वटै वडालाई गाउँपालिका अध्यक्ष बुद्धिप्रसाद शेरचनले औषधी हस्तान्तरण गरेका हुन् । थासाङमा १ सय ६६ जना दीर्घ रोगका बिरामीले औषधीका लागि नाम लेखाएको पालिकाले बताएको छ ।
घरपझोङले पनि नामावली संकलन गरी औषधी मगाउने तयारी गरेको छ ।









पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती
राजनीतिक सन्देश एसएमएस प्रकरणमा एनसेलको ध्यानाकर्षण
दराजमै थन्किन्छ सिफारिस
प्रोग्रेसिभ फाइनान्सको सभा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया