भोलिदेखि ४२ प्रकारका उद्योग सञ्चालनमा आउने (सूचीसहित)
समाधान संवाददाता
सरकारले भोलिदेखि खाद्यान्न लगायत अत्यावश्यक वस्तु उत्पादन गर्नेसहित ४२ प्रकारका उद्योग सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।
उद्योग मन्त्रालयको प्रस्ताव तथा कोरोना नियन्त्रण उच्चस्तरीय समितको सिफारिसमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गतेदेखि त्यस्ता उद्योग सञ्चालन गर्ने निर्णय गरेको हो ।
निर्माण सामाग्री उत्पादन गर्ने सहितका ४२ प्रकारका उद्योग सञ्चालनको बाटो खुलेको छ ।
काम गर्दा सामाजिक दूरी कायम गर्ने, मास्क, स्यानिटाइजरको प्रयोग गर्ने जस्ता सुरक्षा अपनाउनुपर्ने मापदड बनाइएको छ ।
सम्बन्धित उद्योगको पत्रको आधारमा उद्योगका गाडीहरु ढुवानीका लागि गुड्दा सुरक्षा निकायले नरोक्ने निर्णय पनि भएको छ ।
श्रमिक र कार्यरत अन्य जनशक्तिहरु अनिवार्य रुपमा कार्यस्थलभित्रै बस्नुपर्ने सरकारका निर्णयमा उल्लेख छ । उनीहरुलाई खानाको व्यवस्था कार्यस्थलभित्रै गरिनुपर्ने, तर कार्यस्थलबाट बाहिर जान र कार्यस्थलबाहिर रहेका परिवारका सदस्यलगायत अन्य कुनैपनि व्यक्तिहरुसँग सम्पर्कमा आउनदिन नहुने नियम बनाइएको छ।
कामदारको नियमित स्वास्थ्य जाँच गर्नुपर्ने र सामाजिक दूरी कायम गर्नुपर्ने छ ।
तपाईको प्रतिक्रिया