कोरोना मुक्तिको कामना गर्दै जोमसोम विमानस्थल गेटमा बुद्ध प”जा

समाधान संवाददाता २०७७ वैशाख २५ गते १३:३२
मुस्ताङको जोमसोम विमानस्थलमा बुद्ध जयन्ती मनाउदै पर्यटन व्यवसायी । तस्विर : भीम रसाईली ।

एसके थकाली, जोमसोम

कोरोना मुक्तिको कामना गर्दै मुस्ताङको एकमात्र जोमसोम विमानस्थल गेट नजिक बुद्ध पूजा गरिएको छ। २५६४ औं बुद्ध जयन्तीका अवसरमा घरपझोङ–३ स्थित पुथाङ आमा समूहले विमानस्थलको मुख्य प्रवेशद्धार अगाडि बुद्ध पूजा गरेका हुन् ।

हिमाली जिल्ला मुस्ताङका अधिकांश स्थानीयले बुद्ध धर्म मान्ने गर्छन् । बाैद्बमार्गी कलासंस्कृतिले महत्वपूर्ण मानिएको मुस्ताङमा यसपटक भने बुद्ध जयन्तीको खासै रौनक देखिएन । पुथाङ एअरपोर्टका आमा समूहले लामा राखेर बुद्ध जयन्ती मनाएको समूहकी अध्यक्ष पूर्ण गौचनले जानकारी दिईन् ।

Advertisement

विश्व व्यापी माहामारीको रुपमा निम्तिएको कोरोना भाईरस कोभिड–१९ को भयावह अवस्थाबाट मुक्ति मिलोस् भन्ने प्रार्थना गर्दै लामाबाट पुजापाठ भएको समूहकी अध्यक्ष गौचनले उल्लेख गरिन् ।

विमानस्थलको मुख्यद्धारमा स्थानीय लामा छम्ब ङवाङ गुरुङले बुद्धिस परम्परा अनुसरा धार्मिक पूजापाठ गरेका थिए । पुजामा पुथाङ एअरपोर्ट आसपासका पर्यटन व्यवसायी, गाउँ समाज र समूहका सदस्यले बुद्ध जयन्ती मनाएका हुन् ।

Advertisement

कोरोना नियन्त्रणका लागि लगाइएको डेढ महिना लामो लकडाउनले नेपालको पर्यटन व्यवसायी धरासयी अवस्थामा छ । हिउँदयाम सकिएर गर्मीयाम सुरुआत भएलगत्तै मुस्ताङ पर्यटन व्यवसायमा व्यापक चहल पहल हुने गथ्र्यो । तर ,कोरनाका कारण यसपटक मुस्ताङको पर्यटन व्यवसाय शून्य अवस्थामा छ ।

हवाई सेवा मार्फत वार्षिक करिव ६० हजार विदेशी पर्यटक भित्रिने मुस्ताङमा लकडाउनले हवाई सेवा ठप्प भएको हो । यातायातका साधन संञ्चालन नहुँदा आन्तरिक पर्यटक समेत मुस्ताङ आउन सकेका छैनन् ।

कोरोना त्रास विर्सजन भई साविककै अवस्थामा पर्यटन व्यवसाय लयमा फर्कियोस भन्ने कामना सहित पुथाङबासीले एअरपोर्टको मुल गेटमै पुजाआजा गरेको होटल ताजका संञ्चालक योगेश शेरचनले बताए । कोरोना कहरले पर्यटन क्षेत्रसंगै कृषि क्षेत्रलाई समेत असर पू¥याएको शेरचनको भनाई छ ।

बर्सेनि बुद्ध जयन्तीका दिन घुईचो लाग्ने मुक्तिनाथ मन्दिर यसपटक भने सुनसान भएको छ ।मुक्तिनाथको दर्शन र मुक्तिनाथमा बत्ती बाल्न जाने स्थानीयको भीडभाड लाग्थ्यो । यसपटक सरकारले सार्वजनिक स्थानमा भीडभाडका कार्यक्रम गर्न निषेध गरिएपछि मुक्तिनाथ मन्दिर सुनसान बनेको हो ।

उपल्लो मुस्ताङदेखि तल्लो मुस्ताङमा अवस्थित गुम्बाहरुमा बुद्ध जयन्तीका दिन भव्य पुजाआजा हुन्थ्यो । गाउँका गुम्बामा रहेका बुद्धका पुस्तकहरु पुजाआजासहित लामा र गाउले मिलेर गाउ घुमाईन्थ्यो। घुमाईएका पुस्तकहरुलाई स्थानीयले ढोगेर आर्शिवाद लिन्थे । यसपटक कोरोनाका कारण त्यो सदियौंको चलन रोकिएको छ ।

यसपटक स्थानीयले बुद्ध जयन्ती घरमै सामान्य पुजापाठ गरी मनाईरहेका छन् । गुम्बाहरुमा अनौपचारिक रुपमा लामाहरुले पुजापाठ गरेपनि सर्वसाधारणको उपस्थित नदेखिएको हो । मुस्ताङमा झन्डै एक दर्जन बढी बुद्धिस गुम्बा छन् ।

तस्बिर: भीम रसाइली

तपाईको प्रतिक्रिया