मनिपालमा तिम्ल्याहा शिशुको जन्म

अनुप पाैडेल, पाेखरा
पोखराको मनिपाल शिक्षण अस्पतालमा एक युवतीले तिम्ल्याहा शिशुलाई जन्म दिएकी छन् । पोखरा–१७ बिरौटाकी २२ वर्षीया सपना भण्डारीले बिहीबार दिउँसो ३ शिशुलाई जन्म दिएको अस्पतालले जनाएको छ ।
७ महिनाकी गर्भवती रहेकी उनले शल्यचिकित्साको माध्यमबाट २ छोरा र १ छोरीलाई जन्म दिएको अस्पतालका मेडिकल डाइरेक्टर डा. सूर्या चौधरीले जानकारी दिए ।
भण्डारीले पहिलो बच्चाको रुपमा १.३ केजी तौल भएकी छोरी, दोस्रो र तेस्रो बच्चा समान १.२ केजी तौल भएका छोरालाई जन्म दिएकी हुन् ।
उनको शल्यक्रियामा अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. महेन्द्र पाण्डे र डा. बालकृष्ण तनेजालगायत सहभागी थिए ।आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको डा. पाण्डेले बताए ।
‘आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य छ । अहिले शिशुलाई एनआइसियूमा राखिएको छ,’ डा. पाण्डेले भने । एकैपटक ३ सन्तान जन्माउनुलाई दुर्लभ घटना मानिन्छ । यसअघि गत माघ २ गते स्याङ्जाको पुतलीबजार–१, घर भएकी सुनिता प्रधानले एकैपटक ४ शिशुलाई जन्म दिएकी थिइन् ।
तपाईको प्रतिक्रिया