मादीका आगलागी पीडितलाई गाउँपालिकाको सहयोग
समाधान संवाददाता
२०७७ वैशाख २५ गते २०:२६

मादी
आगलागीबाट घर जलेपछि कास्कीकाे मादी गाउँपालिका वडा नं. १ सिक्लेस निवासी दुर्गा परियारको परिवारलाई गाउँपालिकाले सहयाेग गरेकाे छ ।
गाउँ पालिकाको अध्यक्ष वेदबहादुर गुरुङले पीडित परिवारलाई बिहीबार राहत उपलब्ध गराएका हुन् । परियारकाे परिवारलाई नगद २० हजार , ५० किलाे चामल साथमा दाल, चिनी र तेल प्रदान गरिएकाे हाे ।
परियारको घरमा वैशाख २० गते विद्युत लाइन सर्ट भएर आगलागी भएको थियो । उक्त आगो स्थानीयको सहयोगमा करिब २ घन्टापछि नियन्त्रणमा आएको थियो । घर पूर्णरुपमा जले पनि घटनामा मानवीय क्षति भने भएको छैन ।
तपाईको प्रतिक्रिया