४ पसललाई कारवाही

समाधान संवाददाता २०७७ वैशाख २५ गते २०:३७

काठमाडाैं

दोहोरो बिल जारी गरेवापत बिहीबार २ बिक्रेतालाई कारवाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नियमित बजार अनुगमनका क्रममा खाद्य पदार्थलाई बढी मूल्यमा बिक्री वितरण गरेको र दोहोरो बिल जारी गरेको भेटिएपछि कारवाहीस्वरुप जरिवाना गरिएको हाे ।

माकलबारीस्थित राजभण्डारी स्टोर्स र अम्बे ट्रेड सप्लायर्सलाई ३/३ लाख रुपैयाँ जरिवाना गरिएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए ।

उनसार दुवै पसलमा प्यान र भ्याट बिल हुँदा पनि सादा बिल जारी गरिएको भेटिएपछि जरिवाना गरिएको हो ।

Advertisement

दर्ता नगरी मार्ट सञ्चालन गरेको भेटिएपछि शंखमूलस्थित बेष्ट किनमेल मार्टलाई पनि ५० हजार जरिवाना गरिएको छ । त्यस्तै बालाजुस्थित भ्याली कोल्ड स्टोर्सले लेवल नराखी मासु बिक्री गरेको भन्दै ३ दिनभित्र आवश्यक कागजपत्र लिएर विभागमा आउन निर्देशन दिइएको उनले जानकारी दिए । रासस

Advertisement

तपाईको प्रतिक्रिया