स्याङ्जाका पत्रकारलाई प्रेस ज्याकेट र स्वास्थ्य सामग्री

समाधान संवाददाता २०७७ वैशाख २५ गते २१:४६

स्याङ्जा

कोरोना भाइरसबाट बच्न र बचाउनका लागि खुमा अर्याल फाउन्डेसन स्याङ्जाले पत्रकार महासंघ स्याङ्जालाई सुरक्षा सामग्री प्रदान गरेको छ ।

कोरोना भाइरस संक्रमणका बाबजुद फिल्डमै खटिएर नागरिकलाई सूसुचित बनाउन अग्रस्थानमा खटिने पत्रकारहरुलाई सहयोग पुगोस भन्ने उद्देश्यले फाउन्डेसनले सुरक्षा सामग्री प्रदान गरेको हो ।

Advertisement

फाउन्डेसनले महासंघलाई २५ थान प्रेस ज्याकेट, २५ थान सेनिटाइजर र २ सय ५० थान सर्जिकल माक्स प्रदान गरेको हो । नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्मालाई फाउन्डेसनका सदस्य शोभाकान्त ढकालले सुरक्षा सामग्री हस्तान्तरण गरे ।

लकडाउनको अवस्थामा सञ्चारकर्मीहरु विभिन्न स्थानमा समाचार रिपोर्टिङको लागि जानुपर्ने र सन्चारकर्मीको चिनारीको रुपमा आवश्यक रहने प्रेस ज्याकेट र कोरोनाबाट बच्न सेनिटाइजर तथा माक्स फाउन्डेसनले हस्तान्तरण गरेको ढकालले बताए ।

Advertisement

उनले कोरोनाको थप प्रकोप बढेमा आवश्यक सामग्री थप सहयोग गर्ने वचनबद्धता दिए । फाउन्डेसनले यसअघि यहाँका ३ पालिकामा ७ लाख ५० हजार बराबरको १४ टन खाद्यान्न प्रदान गरेको थियो ।

यसअघि पत्रकार महासंघ स्याङ्जालाई पत्रकार महासंघ गण्डकी प्रदेशले समेत सुरक्षा सामग्री प्रदान गरेको थियो । महासंघ गण्डकी प्रदेशले एन ९५ माक्स २५ थान, सर्जिकल माक्स १५० थान, २५ थान सेनिटाइजर, ५० सेट ग्लोभ्स सहयोग गरेको थियो ।

तपाईको प्रतिक्रिया