सांसद तथा कर्मचारीमा काेराेना नेगेटिभ

समाधान संवाददाता २०७७ वैशाख २६ गते १४:२९
;efd'v ;fksf]6f – :jfa k/LIf0f sf7df8f,}F @% j}zfv M ;efd'v clUgk|;fb ;fksf]6f laxLaf/ ;+3Lo ;+;b ejg gofF afg]Zj/df sf]/f]gf efO/; -sf]le8–!(_sf]] :jfa k/LIf0f u/fpFb} . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

काठमाडाैं

संघय संसदका सांसद तथा कर्मचारीको कोभिड–१९ को स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले बिहीबार परीक्षण गराएका सबै ४ सय ३४ को रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।

ती मध्ये २ सय १२ सांसद र बाँकी संसद् सचिवालयका कर्मचारी हुन् । उनीहरु सबैको संसद् भवन नयाँ बानेश्वरमा स्वाब संकलन गरी पिसिआर परीक्षण गरिएको थियो ।

Advertisement

आजदेखि संघीय संसद्को बजेट अधिवेशन शुरु हुँदैछ । कोरोनोको जोखिम हुन नदिन सांसद र कर्मचारीको अनिवार्य पिसिआर परीक्षण गरिएको थियो ।

महाशाखा निर्देशक डा पाण्डेका अनुसार बिहीबार परीक्षण नभएका सांसदको आज पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया