मानवीय सेवामा जुट्न मुख्यमन्त्री गुरुङकाे आग्रह

पाेखरा, २६ वैशाख
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मानव जातिको अस्तित्वका लागि चुनौती बनेर आएको कोरोना भाइरसविरुद्धको जारी लडाइँमा पूर्ण सफलता प्राप्त गर्न मानवीय सेवामा जुट्नु आह्वान गरेका छन् ।
विश्व रेडक्रस दिवसको अवसरमा शुभकामना सन्देश प्रकाशित गर्दै उनले मानवीय सेवामा जुटिरहेका रेडक्रस अभियन्तालगायत सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सु–स्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
मुख्यमन्त्री गुरुङलले सन्देशमा रेडक्रसका आधारभूत सिद्धान्तहरुमा मानवता र मानवीय सेवा पहिलो रहेकाले महामारीविरुद्धको यस लडाइँमा जुटिरहँदा मानवता र मानवीय सेवाको महत्वलाई अझ गहिराइमा पुगेर बुझेको र आत्मसात गरेको महसुस भएकोे उल्लेख गरेका छन् ।
सन्देशमा उनले रेडक्रसजस्तो विशुद्ध मानवीय कार्यमा समर्पित संस्थाका संस्थापक जाँ हेनरी ड्युनालगायत रेडक्रस अभियानका सम्पूर्ण अग्रजहरुप्रति उच्च सम्मान प्रकट गर्दै आफ्नो ठाउँबाट निष्ठापूर्वक मानव जातिको मुक्ति र सेवामा अविचलित लागिरहने प्रतिबद्धतासमेत जनाएका छन् ।
आफ्नो जीवनलाई जोखिममा राखेर भए पनि मानव अस्तित्व र स्वास्थ्य रक्षाका लागि कोरोनाविरुद्धको लडाइँमा अग्रभागमा खटिइरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयंसेवकप्रति सन्देशमा उनले उच्च सम्मान प्रकट गरे ।
मानवीय सेवा र सहायता, मानव जीवन र स्वास्थ्यको रक्षाजस्ता उद्देश्यका साथ सन् १८६३ मा स्थापना गरिएको रेडक्रस सोसाइटीका संस्थापक जाँ हेनरी ड्युनाको जन्म दिन मे ८ लाई विश्वभर रेडक्रस दिवसका रूपमा मनाउने गरिन्छ ।









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया