आँधीखोला गाउँपालिकाले किसानलाई बाँड्याे अनुदानमा प्लास्टिक टनेल

आँधीखाेला
स्याङ्जाकाे आँधीखोला गाउँपालिकाले कृषकहरूलाई टनेलका लागि प्लास्टिक वितरण गरेको छ । आँधीखोलाले विभिन्न वडाका १ सय ५० जना किसानहरूलाई ५० प्रतिशत अनुदानमा सय २ सय वटा टनेल प्लास्टिक वितरण गरेको हो ।
नेपाल सरकारले गरेको लकडाउनका कारण स्थानीय स्तरका कृषकहरूमा परेको समस्या न्यूनीकरण गरी स्थानीय उत्पादन वृद्धि गर्ने उद्देश्यले टनेल वितरण गरेकाे
गाउँपालिकाले चालु आर्थिक वर्षकै बजेटबाट किसानहरूलाई टनेलका लागि प्रयोग हुने प्लास्टिक वितरण गरेको हो ।
गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले परम्परागत खेती प्रणालीमा आधुनिक प्रविधि प्रयोग गरी व्यावसायिक तरकारी उत्पादनमा जोड दिन आग्रह गरे । उनले उत्पादन वृद्धि भए आय आर्जनमा समेत सुधार हुने विश्वास व्यक्त गरे ।
१० मिटर लम्बाइ र ६ मिटर चौडाइको उक्त टनेल प्लास्टिक प्रति गोटा ४ हजार ५० रुपैयाँ मूल्य रहेकोमा किसानहरूलाई ५० प्रतिशत अनुदानमा २ हजार २५ रुपैयाँमा वितरण गरिएको हो ।
आँधीखोला गाउँपालिका अध्यक्ष सुधिरकुमार पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा आँधीखोला गाउँपालिका कृषि शाखाका प्राविधिकहरुले टनेलको उपयोगिताका बारेमा जानकारी गराउनु भएको थियो ।
यसअघि गाउँपालिकाले कृषकहरूलाई ५० प्रतिशत अनुदानमा बोडी, सिमी, काँक्रो, लौका, मूला, रायो, रामतोरियाँको बीउ वितरण गरेको थियो । कृषि पेसामा नै जीवन निर्वाह गरिरहेका किसानहरू यस्तो कार्यक्रमले निकै नै खुशी छन् ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया