आँधीखोला गाउँपालिकाले किसानलाई बाँड्याे अनुदानमा प्लास्टिक टनेल

समाधान संवाददाता २०७७ वैशाख २६ गते १७:१२

आँधीखाेला

स्याङ्जाकाे आँधीखोला गाउँपालिकाले कृषकहरूलाई टनेलका लागि प्लास्टिक वितरण गरेको छ । आँधीखोलाले विभिन्न वडाका १ सय ५० जना किसानहरूलाई ५० प्रतिशत अनुदानमा सय २ सय वटा टनेल प्लास्टिक वितरण गरेको हो ।

नेपाल सरकारले गरेको लकडाउनका कारण स्थानीय स्तरका कृषकहरूमा परेको समस्या न्यूनीकरण गरी स्थानीय उत्पादन वृद्धि गर्ने उद्देश्यले टनेल वितरण गरेकाे

गाउँपालिकाले चालु आर्थिक वर्षकै बजेटबाट किसानहरूलाई टनेलका लागि प्रयोग हुने प्लास्टिक वितरण गरेको हो ।

गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले परम्परागत खेती प्रणालीमा आधुनिक प्रविधि प्रयोग गरी व्यावसायिक तरकारी उत्पादनमा जोड दिन आग्रह गरे । उनले उत्पादन वृद्धि भए आय आर्जनमा समेत सुधार हुने विश्वास व्यक्त गरे ।

१० मिटर लम्बाइ र ६ मिटर चौडाइको उक्त टनेल प्लास्टिक प्रति गोटा ४ हजार ५० रुपैयाँ मूल्य रहेकोमा किसानहरूलाई ५० प्रतिशत अनुदानमा २ हजार २५ रुपैयाँमा वितरण गरिएको हो ।

आँधीखोला गाउँपालिका अध्यक्ष सुधिरकुमार पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा आँधीखोला गाउँपालिका कृषि शाखाका प्राविधिकहरुले टनेलको उपयोगिताका बारेमा जानकारी गराउनु भएको थियो ।

यसअघि गाउँपालिकाले कृषकहरूलाई ५० प्रतिशत अनुदानमा बोडी, सिमी, काँक्रो, लौका, मूला, रायो, रामतोरियाँको बीउ वितरण गरेको थियो । कृषि पेसामा नै जीवन निर्वाह गरिरहेका किसानहरू यस्तो कार्यक्रमले निकै नै खुशी छन् ।

तपाईको प्रतिक्रिया