बाई बाई भन्दै नाङ्गै फेवामा हेलिने को हुन ?
समाधान संवाददाता
२०७७ वैशाख २६ गते १८:४०

समाधान संवाददाता
पोखराको फेवातालमा एक जनाको डुबेर मृत्यु भएको छ । उनी आफै तालमा हेलिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
लामो लामो कपाल भएका तथा अन्दाजी ३०–३५ बर्षीय ती युवा आफैले कपडा फुकालेर नाङ्गै तालमा हेलिएका थिए । पोखरा महानगर पालिका वडा नम्बर ६ का वडा सदस्य हरि पहारीले बताए अनुसार ती युवा सबैलाई बाई बाई भन्दै तालमा हेलिएका थिए । सबै कपडा फुकालेर तालमा हेलिएका उनी करिब ५० मिटर जति पौडिएपछि डुबेका हुन । उनलाई डुङ्गा चालकले फर्क फर्क भन्दा बाई बाई गरेका थिए ।
तालमा हेलिएको करिब ४० मिनेट पछि शसस्त्र प्रहरीले उनको शव बाहिर निकालेको हो । ती युवाको पहिचान खुल्न सकेको छैन । उनले बाहिर फुकालेर फालेको कपडामा पहिचान खुल्ने कुनै वस्तु फेला नपरेका पहारीले बताए ।
मृतकको शव पोष्टमार्टमका लागि अस्पताल लगिएको छ ।
सम्बन्धित








लमजुङ सभापति गुरुङले दिए नवनिर्वाचित सभापति गगन थापालाई बधाई
कांग्रेस नेता राजेन्द्र बजगाईं गोरखा १ बाट चुनाव नलड्ने
तनहुँमा जोशी समूहको भेला: २ वटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार सिफारिस
रास्वपा प्रवेश गरेका सुधन गुरुङ गोरखा १ बाट चुनाव लड्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया