बाई बाई भन्दै नाङ्गै फेवामा हेलिने को हुन ?
समाधान संवाददाता
२०७७ वैशाख २६ गते १८:४०

समाधान संवाददाता
पोखराको फेवातालमा एक जनाको डुबेर मृत्यु भएको छ । उनी आफै तालमा हेलिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
लामो लामो कपाल भएका तथा अन्दाजी ३०–३५ बर्षीय ती युवा आफैले कपडा फुकालेर नाङ्गै तालमा हेलिएका थिए । पोखरा महानगर पालिका वडा नम्बर ६ का वडा सदस्य हरि पहारीले बताए अनुसार ती युवा सबैलाई बाई बाई भन्दै तालमा हेलिएका थिए । सबै कपडा फुकालेर तालमा हेलिएका उनी करिब ५० मिटर जति पौडिएपछि डुबेका हुन । उनलाई डुङ्गा चालकले फर्क फर्क भन्दा बाई बाई गरेका थिए ।
तालमा हेलिएको करिब ४० मिनेट पछि शसस्त्र प्रहरीले उनको शव बाहिर निकालेको हो । ती युवाको पहिचान खुल्न सकेको छैन । उनले बाहिर फुकालेर फालेको कपडामा पहिचान खुल्ने कुनै वस्तु फेला नपरेका पहारीले बताए ।
मृतकको शव पोष्टमार्टमका लागि अस्पताल लगिएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया