४ पसलमा कारवाही, ५ लाख राजश्व

समाधान संवाददाता २०७७ वैशाख २६ गते २०:५३

काठमाडाैं

दोहोरो बिल जारी गरेवापत २ बिक्रेतालाई कारवाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नियमित बजार अनुगमनका क्रममा खाद्य पदार्थलाई बढी मूल्यमा बिक्री वितरण गरेको र दोहोरो बिल जारी गरेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम जरिवाना गरिएको विभागले जनाएको छ ।

कुलेश्वरस्थित समर किराना पसलले बिल जारी नगरी दोहोरो मूल्य कायम गरेको र साधारण बिलको प्रयोग गर्ने गरेको भेटिएपछि ३ लाख जरिवाना गरिएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए । उनका अनुसार कालीमाटीस्थित श्रेष्ठ किराना सेन्टरले थोक व्यापारमा दोहोरो मूल्य कायम गरेर नक्कली बिल जारी गरी उपभोक्ता ठगेकाले उक्त सेन्टरलाई २ लाख जरिवाना गरिएको छ ।

शुक्रबार नै कोटेश्वरस्थित उदयपुर फ्रेस हाउसलाई खरिद बिल नदेखाएको र कालीमाटीस्थित बिएस ब्रदर्श स्टोरलाई अनुगमनमा असहयोग गरेको भन्दै २०/ २० हजार जरिवाना गरिएको छ । रासस

Advertisement

Advertisement

तपाईको प्रतिक्रिया