कोरोना संक्रमितको संख्या ४० लाख नाध्यो, २ लाख ७६ हजार बढीको मृत्यु

समाधान संवाददाता २०७७ वैशाख २७ गते ८:१०

ऐजेन्सी

विश्वभरमा कोरोना भाइरसको माहामारीबाट संक्रमितको संख्या ४० लाख नाघेको छ । वर्ल्डओ मिटरका अनुसार ४० लाख १२ हजार ७६९ जना संक्रमित भैसकेको पुष्टि भएको छ ।

यी मध्ये २ लाखा ७६ जार २ सय १५ जनाको मृत्यु भएको छ भने १३ लाख ८५ हजार भन्दा बढी सन्चो भएका छन् । २३ लाख ५१ हजार भन्दा बढी संक्रमित छन् ।

Advertisement

संक्रमितको संख्या दिन प्रति नि बढ्दैछ । सबैभन्दा बढी प्रभावित अमेरिकामा मात्र १३ लाख २१ हजार बढी संक्रमित छन भने ७८ हजार ६१५ को ज्यान गैसकेको छ ।

मृतकको हिसाबले दोश्रो नम्बरमा बेलायत छ । यहाँ ३१ हजार २४१ ज्यान जाँदा २ लाख ११ हजार भन्दा बढी संक्रमित भएका छन् ।

Advertisement

स्पेनमा संक्रमितको संख्या बढिरहेको भएपनि मृतकको अनुपात घटेको छ । यहाँ २ लाख ६० हजार बढी संक्रमित हुँदा २६ हजार २९९ जनाको मृत्यु भएको छ । इटलीमा २ लाख १७ हजार बढी संक्रमित मध्ये ३० हजार २०१ को ज्यान गएको छ ।

रसियामा संक्रमितको संख्या २ लाख नजिक पुगेपनि मृतकको संख्या २ हजार पुगेको छैन ।। १७ सय २३ जनाको मृत्यु भएको छ ।

फ्रान्समा १ लाख ७६ हजार संक्रमित मध्ये २६ हजार २३० ले ज्यान गुमाएका छन् भने जर्मनीमा १ लाख ७० हजार संक्रमित मध्ये ७ हजार ५१० को मृत्यु भएको छ ।

पछिल्लो समयमा ब्राजिलमा मृतक र संक्रमित दुवै द्रुत गतिमा बढेका छन् । यहाँ संक्रमितको संख्या एक लाख ४६ हजार नाघिसकेको छ भने मृतकको संख्याले पनि १० हजार पार गरेकोा छ ।

तपाईको प्रतिक्रिया