उदयपुरकाे भुल्केकी थप १ महिलामा काेराेना संक्रमण
समाधान संवाददाता
२०७७ वैशाख २७ गते २०:२७

पाेखरा
उदयपुरस्थित भुल्केकी १ महिलामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य मन्त्रालयका अनुसार भुल्केकी ४३ वर्षे महिलामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।
पहिला एक पटक स्वाब परीक्षण गर्दा रिपाेर्ट नेगेटिभ आए पनि दाेस्राेपटककाे परीक्षणमा पाेजेटिभ आएकाे हाे ।
याेसँगै नेपालमा काेराेना संक्रमित १ सय १० जना पुगेका छन् । उदयपुरमा मात्र ३२ जनामा संक्रमण पुष्टि भएकाे हाे । शनिबार बिहानमात्र विभिन्न जिल्लाका ७ जनामा काेराेना देखिएकाे थियाे ।
सम्बन्धित
तपाईको प्रतिक्रिया