सराङकोटका राजु फेवातालमा मृत भेटिए
समाधान संवाददाता
२०७७ वैशाख २८ गते १२:३४

समाधान संवाददाता
फेवातालमा आइतबार बिहान एक पुरुषको शव फेला परेको छ ।
पोखरा–१८ सराङकोटका ४० वर्षीय राजु बास्तोला मृत भेटिएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी यादब ढकालले जानकारी दिए ।
स्थानीयले हल्लनचोकको सामुदायिक प्रहरी केन्द्र नजिकै ताल किनारमा शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
उनको शवलाई पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ ।
यसअघि गएको शुक्रबार तालमा डुबेर एक युवकको मृत्यु भएको थियो । उनको हालसम्म पहिचान खुल्न नसकेको डिएसपी ढकालले बताए ।
तस्बिर सौजन्य-सुवास पहारी
सम्बन्धित
तपाईको प्रतिक्रिया