कोरोनाको अचुक औषधि ‘मह’:सांसद तुलाचन

समाधान संवाददाता २०७७ वैशाख २८ गते १४:४०

एसके थकाली, जोमसोम

विश्व व्यापी महामारीको रुपमा फैलिएको नोवल कोरोना भाईरस कोभिड–१९ को संक्रमणले विश्वसमुदायनै आक्रान्त छ । कोरोनाको एकिन औषधि तथा कोरोना उपचारका लागि भ्याक्सिन समेत बन्न नसकेको अवस्था कोरोना माहामारी जटिल बनेको हो। नेपालमा कोरोना परीक्षण दायरा न्युन अवस्थामा रहेकाले थप चिन्ताको बिषय बनेको हो ।

कोरोना पहिचानका लागि देशभर आरडिटी किट र पिसिआर उपकरणको मौज्यात समेत न्युन छ । कतिपय जिल्लामा सरकारले लक डाउनको डेढ महिना बितिसक्दा समेत कोरोना परीक्षण उपकरणको पहुच पुर्‍याउन सकेको छैन ।

Advertisement

नेपालमा कोरोना भाईरसको संक्रमण सेन्चुरी पुग्दा समेत सरकारले कोरोनाको परीक्षण दायरा फराकिलो बनाउन नसकेको मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचनले बताएका छन् । शनिवार एक टेलिभजन मिडियाको अन्र्तवार्तामा सांसद तुलाचनले जिल्लामा कोरोना परीक्षण गर्ने र्‍यापिड किटको अभाव रहेको जानकारी दिए । उनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि हालसम्म भईरहेको प्रयास सन्तोषजनक नभएको बताए ।

उक्त अन्र्तवार्तामा सांसद तुलाचनले कोरोना भाईरसको अचुक औषधि गाउघरमा पाईने अर्गानिक मह भएको दावी गरे । उनका अनुसार मुस्ताङको थासाङ–२ को गुरुस्याङ्वो गुफामा ध्यानकर्ममा बस्दै आएका धर्मगुरुले नियमित मह सेवन गर्नाले कोरोनाको उपचारमा सहयोग पू¥याउने बताएकाले आफुले सरकार समक्ष महको परीक्षण गर्न माग गरेको बताएका छन् ।

Advertisement

सांसद तुलाचनले हालै प्रधानमन्त्री निवासमा कोरोना उपचारका लागि महको नमूना पठाएको उल्लेख गरे । महको नियमिति सेवनले आफ्नो व्यक्तिगत स्वास्थ्य समेत सुधारोन्मुख बनेको अनुभव सुनाउदै सांसद तुलाचनले महको सेवनले कोरोना संक्रमण हटाउने ठोकुवा गरे । स्वास्थ्यका लागि मह लाभदायक भएकाले सरकारले एक पटक परीक्षण गरेर जाच गर्नुपर्ने सुझाए । कोरोनाको औषधि मह हो भन्दा धेरैलाई अपत्यारिलो लाग्न सक्ने उल्लेख गर्दै सांसद तुलाचनले यसलाई मजाकको रुपमा नलिई सरकार तथा ७ वटै प्रदेशले एक पटक कोरोना उपचारका लागि महको परीक्षण गर्न अनुरोध गरेका छन् ।

हिमाली तथा उच्चपहाडी जिल्लाहरुमा दृष्य –अदृष्य अनेकन जटिबुटी पाईने उल्लेख गर्दै सरकारले नेपालमा पाईने बन्य जटिबुटीहरुको अनुसन्धान थाल्न आग्रह गरे । सांसद तुलाचनले नेपालमा जटिबुटी अनुसन्धानकेन्द्र आवश्यक भएको औल्याउदै उनले जटिबुटी प्रयोगशाला स्थापना हुनसके आयुर्वेदिक उद्योग खोल्न सहज हुने बताए ।

तपाईको प्रतिक्रिया