रंगेहात पक्राउ परेका कास्की अदालतका श्रेस्तेदार पराजुलीविरुद्ध मुद्दा दर्ता

पाेखरा
घुससहित पक्राउ परेका जिल्ला अदालत कास्कीका श्रेस्तेदार लोकनाथ पराजुलीविररुद्ध अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले विशेष अदालतमा मुद्दा दायर गरेकाे छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर अपराध गरेकाले श्रेस्तेदार पराजुलीलाई बिगो ३० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आइतबार विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको अख्तियारले जनाएकाे छ ।
पराजुलीले अदालतमा विचाराधिन मुद्दामा नियन्त्रणमा लिएको गाडी छुटाइदिने प्रयोजनका लागि विभिन्न बहानामा घुस/रिसवत माग गरिरहेको भन्ने सूचना र उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराकाे टाेलीले उनलाई सेवाग्राहीसँग ३० घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा जिल्ला अदालत, कास्कीमा कार्यरत श्रेस्तेदार लोकनाथ पराजुलीले संगठित अपराध, कर्तव्य ज्यान मुद्दामा दशी प्रमाणको रुपमा जिल्ला अदालत, कास्कीमा पेश भएको सेवाग्राहीको ग १ च २३६३ नं. को कार अदालतको आदेश बमोजिम छुटिसकेको अवस्थामा समेत धरौटी निर्धारण गरी गाडी छोडिदिने भनी घुस/रिसवत वापत उक्त रकम लिएकाे आराेप छ ।
सेवाग्राहीले चलाई रहेको कार भित्रै बुझी लिई आफूले लगाएको पाइन्टको गोजीमा राखी कारबाट ओर्लेर पर्स्याङस्थित डिएल. लिक्वर सप भित्र गई बसेका थिए । आयोगको टोलीलाई देख्नासाथ आफू बसेको टुलमुनी फ्याकेको आवस्थामा रकम बरामद भई आएको स-प्रमाण पुष्टि भएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर अपराध भएको आयाेगकाे ठहर छ ।








ग्रासरुट टेनिसलाई सिद्धार्थ बैंकको सहयोग
रोटरी क्लब लेखनाथद्वारा विद्यालयलाई शुद्ध खानेपानी उपकरण सहयोग
पुष्प सदन एकेडेमीको अभिभावक दिवस
प्रगति माध्यमिक विद्यालयको खेल उत्सव सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया