विश्वभर कोरोनाले २ लाख ८२ हजारको मृत्यु, झन्डै ४१ लाख संक्रमित,

समाधान संवाददाता २०७७ वैशाख २९ गते ६:४६


काठमाडौं

विश्वभर कोरोना संक्रमितको संख्या झन्डै ४१ लाख पुगेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको सोमबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर कुल ४० लाख ९८ हजार ९ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

कोरोना संक्रमितको संख्या अमेरिकामा सबैभन्दा बढी छ। त्यहाँ १३ लाख २९ हजार ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, स्पेनमा २ लाख २४ हजार ३ सय ५०, बेलायतमा २ लाख २० हजार ४ सय ४९, इटालीमा २ लाख १९ हजार ७०, रुसमा २ लाख ९ हजार ६ सय ८८, फ्रान्समा १ लाख ७७ हजार ९४, जर्मनीमा १ लाख ७१ हजार ८ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

Advertisement

विश्वभर २ लाख ८२ हजार ५ सय ५३ जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेको संख्या पनि अमेरिकामा सबैभन्दा बढी छ। त्यहाँ ७९ हजार ५ सय २२ जनाको मृत्यु भइसकेको छ। बेलायतमा ३१ हजार ९ सय ३०, इटालीमा ३० हजार ५ सय ६०, स्पेनमा २६ हजार ६ सय २१, फ्रान्समा २६ हजार ३ सय ८३, ब्राजिलमा ११ हजार १ सय २३, बेल्जियममा ८ हजार ६ सय ५६ जनाको मृत्यु भइसकेको छ।

विश्वभर १४ लाख ६ हजार ३ सय ४५ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा बढी छ। त्यहाँ २ लाख १६ हजार १ सय ६९ संक्रमणमुक्त भएका छन्। त्यस्तै, १ लाख ४४ हजार ४ सय, स्पेनमा १ लाख ३६ हजार १ सय ६६, इटालीमा १ लाख ५ हजार १ सय ८६ जना संक्रमणमुक्त भएका छन्।

Advertisement

तपाईको प्रतिक्रिया