कपिलवस्तुमा थप १० जनामा काेराेना, नेपालमा संक्रमित १ सय २०

समाधान संवाददाता २०७७ वैशाख २९ गते ८:५०

पाेखरा

नेपालमा थप १० जनामा काेराेना भेटिएकाे छ। कपिलवस्तुका १० जनामा परीक्षण गर्दा पाेजेटिभ आएकाे हाे । याेसँगै नेपालमा १ सय २० जनामा काेराेना भेटिएकाे छ ।

कपिलवस्तुको यशोधरा गाउँपालिका–५, र बुद्धभूमि नगरपालिका–७ का १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षका पुरुष र १ जना उमेर नखुलेका पुरुष रहेको मन्त्रालयले जानकारी दिएको छ । योसँगै कपिलवस्तुमा मात्रै संक्रमितको संख्या १५ पुगेको छ ।

Advertisement

नेपालमा ३३ जना उपचारपछि घर फर्केका छन् । उपचार भइसकेका ३ जनामा फेरि संक्रमण देखिएकाे छ ।

Advertisement

तपाईको प्रतिक्रिया