गण्डकी प्रदेश सभा सदस्य कृष्णबहादुर थापाकाे राजीनामा माग

काठमाडाैं
विभिन्न राजनीतिक दलका नेता र सरोकार संघ संस्थाले कास्कीमा जातीय भेदभाव तथा छुवाछूत गरेको आरोपमा पक्राउ परेकालाई संरक्षण गरेको आरोप लगाउँदै गण्डकी प्रदेशसभा सदस्य कृष्णबहादुर थापाको राजीनामाको माग गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता जीतु गौतम र गणेश विक, नेपाली कांग्रेसका नेता मीन विश्वकर्मा तथा संयुक्त दलित संघर्ष समिति, नेपाल राष्ट्रिय दलित पत्रकार संघ र दलित गैरसरकारी संस्था महासंघ लगायत संघ संस्थाले प्रेस विज्ञप्ति जारी गरी थापाले तत्काल राजीनामा दिनुपर्ने माग गरेका हुन् ।
पोखरा महानगरपालिका– १६, बाटुलेचौरमा गत चैत २६ गते मोहन सुनारका भाइ समरबहादुरको मृत्युपछि काजकिरिया गर्न नजिकैको सामुदायिक भवन प्रयोगका निम्ति अनुमति माग्दा स्थानीयवासी देवबहादुर थापा, जनक थापालगायतले सुनारमाथि दलित भएकै कारण जातीय अपमान, गालीगलोज र धाकधम्की दिई जाति विभेद गरेको आरोप लगाइएको छ ।
पीडित सुनारले आफूमाथि जातीय भेदभाव तथा छुवाछूत भएको जनाउँदै नेपालको संविधान र जातीय भेदभाव तथा छुवाछूत कसुर (सजाय(ऐन) २०६८ अनुसार जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराउनुभएको थियो । स्थानीय समाजसेवी र दलित अगुवाको दवावमा पाँच दिनपछि पीडक भनिएका थापाद्वय र राम बिसी पक्राउ परेका छन् ।

सो घटनालाई कानुनी दायरामा ल्याउन सहयोग गर्नाको सट्टा प्रदेशसभा सदस्य थापाले उल्टै जातीय भेदभाव तथा छुवाछूत गरेको भनिएकाहरुलाई समर्थन गर्ने विज्ञप्ति जारी गरेको भन्दै दलित समुदायले आपत्ति जनाउँदै आएका छन् ।

कांग्रेस निकट नेपाल दलित संघले आइतबार बेलुका प्रेस विज्ञप्ति जारी गरी प्रदेशसभा सदस्य थापालाई अभियुक्तसरह पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउनुपर्ने माग गरेको छ । रासस









पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
राष्ट्रियसभा निर्वाचन : पोखरामा स्थापना भयो निर्वाचन अधिकृतको कार्यालय
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया