भारतको विरोध गर्दा पोखराका हिक्मत पक्राउ

समाधान संवाददाता
भारतको बिस्तारवादी रवैयाको विरोध गर्दा पोखराका युवा हिक्मतजंग कार्की काठमाण्डौंमा गिरफ्तार भएका छन् । उनी राप्रपाका युवा संगठनका सचिव हुन ।
नेपाली भूमि लिपुलेकमा भारतीय पक्षबाट अनधिकृत रुपमा सडक निर्माण र सञ्चालन गरि सीमा अतिक्रमण भएको विरोधमा राप्रपाको भातृ संगठन युवा, विद्यार्थी र महिला संगठनले सोमबार काठमाडौंमा विरोध प्रदर्शन गरेका थिए। काठमाडौंस्थित भारतीय राजदूतावास अगाडि प्रदर्शन गर्न जाने क्रममा कार्की सहित राप्रपाका नेता कार्यकर्ता पक्राउ परेका हुन ।
समाचार एजेन्सीहरुले जनाए अनुसार करिब डेढ दर्जन नेता कार्यकर्ता प्रहरी हिरासतमा छन । पक्राउ पर्नेमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष प्रकाश रिमाल, विद्यार्थी संगठनका अध्यक्ष महेश बहादुर सिंह, महिला संगठनकी अध्यक्ष कुन्ती शाही, उपाध्यक्ष सरस्वती लामा, युवा उपाध्यक्ष कैलाश कटुवाल, मणि सिंखडा, महासचिव जगदीश राजभण्डारी, कोषाध्यक्ष गुणराज राजभण्डारी, विद्यार्थी उपाध्यक्ष शशी भण्डारी, महासचिव जनक फडेरा, उपाध्यक्ष निराजन बम, युवा सचिव सन्तोषी शाही ठकुरी, अभिषेक अधिकारी लगायत १५ भन्दा बढी युवा विद्यार्थीलाई नियन्त्रणमा लिएको छ ।









फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया