लिपुलेक विवादबारे नेपाल सरकारले भारतीय राजदूतलाई दियो कुटनीतिक नोट
समाधान संवाददाता
२०७७ वैशाख २९ गते १६:३९

काठमाडाैं
नेपालले लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक बनाएकोप्रति भारतसँग आपत्ति जनाएको छ ।
परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालयमा बोलाएर यसबारेमा कुटनीतिक नोट दिएकाे मन्त्रालयले जनाएको छ ।
नेपाली भूमि लिपुलेक हुँदै सडक निर्माण गरेकोप्रति नेपाल सरकारले यसअघि नै विज्ञप्ति निकालेर आपत्ति जनाउँदै तत्काल वार्ताबाट समस्याको समाधान खोज्न आग्रह गरिसकेको छ । तर भारतले भने सडक निर्माण गरेको भूमि भारतकै रहेको दावी गर्दैै कोरोना संक्रमणपछि वार्ता गर्न तयार रहेको धारणा सार्वजनिक गरेको छ ।
सडक बनाएर भारतीय रक्षामन्त्री राजनाथ सिंहले उद्घाटन गरेपछि नेपालभित्र त्यसको चौतर्फी विरोध भइरहेको छ ।





इन्जिनियरिङ पश्चिमाञ्चल क्याम्पसको प्रमुखमा डा. घिमिरे नियुक्त
एलिट ट्रफी क्रिकेट प्रतियोगिता ४ गतेदेखि हुने
म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान
उज्ज्वल सहकारीमा दोहोरिए नरेन्द्र
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया