नेपालमा काेराेना संक्रमितकाे बढ्दाे ग्राफ, एकै दिन २४ जना थपिए

पाेखरा
सरकारले लकडाउन खुकुलाे पार्दै जाँदा नेपालमा काेराेना संक्रमितकाे ग्राफ उकालाे लाग्दाे छ ।
सोमबार एकै दिन नेपालमा २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, रुपन्देही र बर्दियामा सोमबार साँझ १३ जना नयाँ संक्रमित थपिएका हुन्।
यसअघि सोमबार नै ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ सय ३४ पुगेको छ ।
मन्त्रालयका अनुसार सोमबार साँझ पुष्टि हुनेमा कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ गरी १३ जना संक्रमित थपिएका हुन्।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार कपिलवस्तुको यशोधरा गाउँपालिका ८ र बुद्धभुमि नगरपालिका ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षीय पुरुष, रुपन्देही समरीमाई गाउँपालिका ७ र लुम्बिनी संस्कृतिक गाउँपालिका ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरुष र बर्दियाको राजापुर ५ का ११ वर्षीया बालिकामा संक्रमण पुष्टि भएको हो।
उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिए।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया