पाेखरामा जलाइयाे माेदीकाे पुत्ला

पाेखरा
प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी नेत्र विक्रम चन्द (विप्लव) निकट अखिल (क्रान्तिकारी)ले पोखरामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेकाे छन ।
भारतले नेपाली भूमि मिचेर लिपुलेक हुँदै मानसरोबर जाने सडक मार्ग बनाएको विरोधमा मालेपाटनस्थित सशस्त्र प्रहरी क्याम्प अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएकाे हाे ।
सोमबार अपरान्ह ४ बजे पोखराको मालेपाटन स्थित सशस्त्र प्रहरी क्याम्प अगाडि सरकारले गरेको लकडाउनको पालना गर्दै ५/६ जना जम्मा भएर विद्यार्थीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी को पुत्ला दहन गरेको अखिल क्रान्तिकारीका एक नेताले जानकारी गराएका छन ।
प्रदर्शनका क्रममा उनीहरुले भारतीय प्रधानमन्त्री नरेन्द मोदी र भारत विरुद्ध नाराबाजी गरेका थिए । साथै उनीहरुले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध पनि नाराबाजी गरेका थिए । उनीहरुले ‘भारतीय विस्तारवाद मुर्दावाद, लिपुलेक हाम्रो हो’ हाम्रो देश प्राण्ड भन्दा प्यारो छ, लगायतका नारा लगाएर मोदीको पुत्ला जलाएका थिए ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया