सिलिन्डर पड्कँदा ३ लाखको क्षति

समाधान संवाददाता २०७७ वैशाख ३० गते ११:११

समाधान संवाददाता
स्याङ्जा, ३० वैशाख

कालिगण्डकी गाउँपालिका १ मा सोमबार ग्यास सिलिन्डर पड्केर आगालागी हुदाँ २ लाख ९० हजार बराबरको क्षति भएको छ ।

चभण्डिभञ्ज्यामा रहेको चोकप्रसाद श्रेष्ठको टिनले छाएको किराना पसलमा ग्यास सिलिन्डर पड्किदाँ आगालागी भएर क्षति पुगेको हो ।

Advertisement

ग्यास सिलिन्डर पड्केर आगालागी हुँदा किनारा पसलको सामग्री, फ्रिज र अन्य सामग्री सबै जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना प्रमुख प्रकाश बिष्टले जानाकारी दिए । उनले ग्यास पड्केर आगालागी हुँदा मानवीय क्षति भने हुन नपाएको बताए ।

त्यस्तै गल्याङ नगरपालिका ७ मा सोमबारै चट्याङ परेर आगालागी हुँदा ४ लाख बराबरको क्षति भएको छ । स्थानीय यमलाल अधिकारीको कुखरा फार्ममा चट्याङ् परेको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।

Advertisement

चट्याङ्ले आगालागी हुँदा ४ सय ५० कुखुरा, ८ बोरा दाना, ४ बोरा भुस र १५ हजार बराबरको भिटामिन जलेर क्षति भएको हो ।

तपाईको प्रतिक्रिया