सरकारको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत हुँदै

काठमाडाैं
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आगामी जेठ २ गते शुक्रबार प्रस्तुत हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघय संसद्को संयुक्त बैठकमा अपराह्न ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताउनुभयो ।
नीति तथा कार्यक्रममा कोभिड–१९ का कारण देशको समग्र अर्थतन्त्र, जनस्वास्थ्य र समाजका सबै पक्षमा परेको प्रभावलाई सम्बोधन गर्ने गरी राहतका विषयलाई प्राथमिकताका साथ समावेश गरिने अपेक्षा गरिएको छ ।
त्यसैगरी अनावश्यक खर्च कटौती, विकास निर्माणका परियोजनाको निरन्तरता, रोजगारी सिर्जना, औद्योगिक एवम् कृषि उत्पादकत्व वृद्धि, कृषि क्षेत्रको आधुनिकीकरण, सामाजिक सुरक्षाजस्ता राष्ट्रिय चासोका विषयलाई पनि नीति तथा कार्यक्रममा संलग्न गरिने बताइएको छ ।
आगामी आर्थिक वर्ष २०७७÷७८ को वार्षिक आयव्ययको विवरण ९बजेट० पनि नीति तथा कार्यक्रमको सेरोफेरोमा रहेर सरकारले तयार गरिरहेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । रासस








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया