व्यवसायीसँग समन्वय गर्न व्यवस्थापन समिति

समाधान संवाददाता २०७७ वैशाख ३० गते १८:३८

समाधान संवाददाता
पोखरा चेम्बर अफ कमर्स कास्कीले कोरोना भाइरसको कारण उत्पन्न असहज अवस्थामा उद्योगी तथा व्यवसायीहरुसँग समन्वय गर्न तथा आपूर्तीको व्यवस्थालाई सहज बनाउन व्यवस्थापन समिति गठन गरेको छ ।

पोखरा महानगर व्यवस्थापन समितिको संयोजकमा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनार छन । चेम्बरले सहज आपूर्ती व्यवस्थापन र कोरोना भाइरसको संक्रमण रोकथामको लागि पहल र सहजीकरणको लागि वस्तुगत तर्फका उपाध्यक्ष यमनाथ पौडेलको संयोजकत्वमा उच्च स्तरीय समन्व समिति गठन समेत गरेको महासचिव उमराज बास्तोलाले जानकारी दिए । उपाध्यक्ष पौडेललाई पोखरा महानगरपालिका वडा नम्बर ७ को समेत संयोजकको जिम्मेवारी दिइएको छ ।

महासचिव बास्तोलाका अनुसार पोखरा महानगर पालिका वडा नम्बर १को संयोजकमा विष्णुपसाद बास्तोला र वडा नम्बर २ को संयोजकमा नवराज आचार्य छन । महानगरको वडा नम्बर ३, ४, ५, ६, ८ र ९को संयोजकहरुमा क्रमशः ज्ञानबहादुर नेपाली, गिता तिवारी गौतम, कल्पना खतिवडा तिमल्सिना,कमल भुजेल,बोधराज सुवेदी र उमराज बास्तोला छन । पोखरा महानगरपालिका वडा नम्बर १०को संयोजकमा कमलबहादुर बस्नेत र वडा नम्बर ११को संयोजकमा मनोज रसाइली छन । महानगरको वडा नम्बर १२,१३,१४,१५,१६ र १७को संयोजकहरुमा क्रमशः तुलसी सुवेदी, हिरामणि दाहाल, सांग्रीला केसी मरासिनी, लोकेन्द्र राई, सविन जिसी र प्रेमबहादुर भुजेल छन ।

Advertisement

महानगरको वडा नम्बर १८को व्यवस्थापन समितिको संयोजकमा अर्जुन सुवेदी, वडा नम्बर १९को संयोजकमा नारायण पौडेल र वडा नम्बर २०को संयोजकमा दुर्गा पोखरेल छन । महानगरको वडा नम्बर २१, २२, २३,२४,२५,२६ र २७को संयोजकहरुमा क्रमशः नगेन्द्र भण्डारी, राजु सुनार, प्रकाश श्रेष्ठ, प्रेम सुवेदी, बासु दवाडी, अशोक बराल र चन्द्रबहादुर भुजुल छन । महानगरको वडा नम्बर २८को संयोजकमा विरेन्द्र भण्डारी, वडा नम्बर २९को संयोजकमा लक्ष्मण सुनार, वडा नम्बर ३०को संयोजकमा जीवन गौतम, वडा नम्बर ३१को संयोजकमा गजेन्द्र रानाभाट, वडा नम्बर ३२को संयोजकमा धरणीधर बराल र वडा नम्बर ३३को संयोजकमा राजु भुवाई छन ।

कृषि तथा फलफूल चेम्बरको सयोजकमा निर्मलप्रसाद बास्तोला स्वयं सेवक समितिको संयोजकमा पुर्णश्रेष्ठ,माछापुच्छे गाउँपालिकाको संयोजकमा गिता तिवारी गौतम, अन्नपूर्ण गाउँपालिको संयोजकमा सुरेन्द्र गुरुङ, रुपा गाउँपालिकाको संयोजकमा प्रेमबहादुर भुजेल र मादी गाउँपालिकाको संयोजकमा शिवप्रसाद सापकोटा छन ।

Advertisement

तपाईको प्रतिक्रिया