घरको तलाबाट हाम फालेका अभिषेकको आरडिटी नेगेटिभ

समाधान संवाददाता
क्वारेन्टाइनमा बस्नुपर्ने डरले घरको तलाबाट हामफालेका पोखराका युवकको आरडिटी परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
भारतको कर्नाटक बैंगलुरुबाट मंगलबार बिहान पोखरा आएका २१ वर्षीय अभिषेक बस्नेतको आरडीटी रिपोर्ट नेगेटिभ आएको हो ।
उनको स्वाब संकलन गरिएको र पीसीआर परीक्षण बुधबार हुने प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । ‘उहाँको आरडीटी परीक्षण गरेका थियौं । त्यो नेगेटिभ आएको छ तर प्रोटोकलअनुसार पिसीआर गर्नुपर्ने देखिन्छ,’ उनले भने, ‘पिसीआर परीक्षणका लागि स्वाब संकलन भएको छ । रिपोर्ट बुधबार आउँछ ।’
मंगलबार जनप्रतिनिधि, प्रहरी र स्वास्थ्यकर्मी क्वारेन्टाइनमा लैजान आएको देखेपछि उनी घरको दोस्रो तलाबाट हाम फालेर भाग्ने प्रयास गरेका थिए । तर, सफल भएनन् । उनका आमाबुवा र २ बहिनी पोखरा ८ इन्द्रपुरीटोलमा बस्छन् । उनी रोजगारीका लागि साढे २ महिना पहिला भारतको कर्नाटक बैंगलुरु पुगेका थिए । उनलाई अहिले पोखरा महानगरपालिकाको क्वारेन्टाइनमा राखिएको वडाध्यक्ष रुद्रनाथ बरालले जानकारी दिए ।







पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया