फेरि थपिए २६ संक्रमित, नेपालमा २ सय १७
समाधान संवाददाता
२०७७ वैशाख ३० गते २२:२९

पाेखरा
नेपालमा मंगलबार एकैदिन नेपालमा ८३ जना कोभिड-१९ का संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय १७ पुगेको छ।
मंगलबार राति सवा १० बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो पटक थप २६ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको हो। यसअघि मंगलबार नै मन्त्रालयले ५७ जना कोरोना संक्रमित भएको जानकारी दिएको थियो।
पछिल्लोपटक कोरोना संक्रमण पुष्टि हुनेमा १८ जना पर्साका, महोत्तरीका २ जना, धनुषाका २ जना, भक्तपुरका २ जना काठमाडौंका १ र सर्लाहीका १ जना रहेकाे मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बताए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया