साउदीमा ६ सय ७४ नेपालीमा कोरोना संक्रमण

समाधान संवाददाता २०७७ वैशाख ३१ गते १०:२०

काठमाडाैं

नेपालको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा ६ सय ७४ नेपालीमा कोभिड–१९ को संक्रमण देखिएको छ ।

साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयका अनुसार साउदीको पूर्वी क्षेत्रमा ३ सय ३६, पश्चिम क्षेत्रमा १ सय ४८, रियादमा क्षेत्रमा १ सय ७५, कसिम र हायल क्षेत्रमा ३/३ तथा अन्य स्थानमा ९ नेपालीमा संक्रमण देखिएको छ ।

साउदीको पूर्व क्षेत्रमा नेपाली श्रमिकको बाक्लो उपस्थिति रहेको छ । संक्रमितमध्ये कैयौँ निको भई काममा फर्किसकेको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।

Advertisement

संक्रमितमध्ये १ जनाको मृत्यु भएको साउदी सरकारले पुष्टि गरेको छ । साउदीमा कोरोना संक्रमितको संख्या ४२ हजार ९ सय २५ पुगेको छ । संक्रमितमध्ये हालसम्म १५ हजार २ सय ५७ निको भएका छन् । हालसम्म २ सय ६४ संक्रमितको मृत्यु भएको छ । रासस

Advertisement

तपाईको प्रतिक्रिया