रुपाको राहत कोषमा हातेमालो आमा समूहको १५ हजार सहयोग

समाधान संवाददाता
रुपा गाउँपालीकाले स्थापना गरेको राहत कोषमा वडा नम्बर ५ घिमिरेगाउँ स्थित हातेमालो आमा समूहले १५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ ।
आमा समूह अध्यक्ष हरिमाया घिमिरेले गाउँपालिका अध्यक्ष नवराज ओझा, वडाध्यक्ष टेकबहादुर गुरुङलाई रकम हस्तान्तरण गरेकी हुन्।
सहयोग रकम हस्तान्तरण पछि गाउँपालिका अध्यक्ष ओझाले गाउँबासीलाई दुःखलाइ नदिन जनप्रतिनिधिले सकेसम्म प्रयास गरिरहेको बताए । राहतकोषमा जनता र संस्थाको पनि भूमिका रहोस् भन्ने साथ ५० लाख बराबरको पैसा जम्मा गर्ने लक्ष्य राखेकोमा गाउँपालिकाको २५ लाख बाहेक हालसम्म ३० लाख भन्दा बढी जम्मा भइकेको अध्यक्ष ओझाले बताए ।
गाउँपालिकाले लकडाउन पश्चात् हालसम्म २ सय भन्दा बढी बिरामीलाई उपचारका लागी निःशुल्क एम्बुलेन्स सेवा मार्फत पोखरा पुर्याएको छ । नियमित औषधि सेवन गर्नुपर्ने ८ सय भन्दा बढी बिरामीलाई घरमै औषधि उपलब्ध गराएको छ ।
वडाध्यक्ष टेकबहादुर गुरुङले सामाजिक दुरीलाई कायम राख्न आग्रह गरे ।
आमा समूहकी अध्यक्ष हरिमाया घिमिरेले गाउँपालिकाका सबै सामाजिक संस्थाले दायित्व सम्झेर सहयोग गर्नुपर्ने औल्याइन् ।








‘९ औं मा हारें, १०औंमा कुरा मिलेन, अब उपाध्यक्ष छोड्दिनँ’
जनप्रिय क्याम्पस ३५ वर्षमा
जेन जी आन्दोलनमा कारागारबाट भागे, पटकपटक चोर्दै हिँडे र पक्राउ परे
पर्यटन प्रवद्र्धनसँगै पोखरा महोत्सवको प्रचार सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया