नेपालगन्ज र कपिलवस्तुमा २ संक्रमित थपिए, कुल संख्या २१९ पुग्यो

समाधान संवाददाता २०७७ वैशाख ३१ गते १४:०७


पोखरा
नेपालगन्ज र कपिलस्तुका १/१ जनामा संक्रमण भेटिएपछि नेपाल कोरोना भाइरस संक्रमितको संख्या बुधबार अहिलेसम्म २ सय १९ पुगेको छ ।


बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ का ३६ वर्षीय पुरूषमा बुधबार मध्याह्न कोरोना पुष्टि भएको हो । त्यस्तै कपिलवस्तुका अर्का पुरुषमा पनि संक्रमण देखिएकाे छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ती व्यक्तिको कोरोना परीक्षण काभ्रेको धुलिखेल अस्पतालमा भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया