घरबाट हाम फालेका अभिषेकको पिसिआर पनि नेगेटिभ
समाधान संवाददाता
२०७७ वैशाख ३१ गते १६:५५

समाधान संवाददाता
क्वारेन्टाइनमा बस्नुपर्ने डरले घरबाट हामफालेका पोखराका युवकको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
भारतको बैंगलुरुबाट मंगलबार बिहान पोखरा आएका २१ वर्षीय अभिषेक बस्नेतको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।
यो पनि :घरबाट हामफालेका युवकको कथा – बैंगलुरुबाट लुरुलुरु पोखरा
पिसिआरका लागि संकलन गरिएको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।
यसअघि मंगलबार उनको आरडिटि नेगेटिभ आएको थियो ।
सम्बन्धित समाचार :
क्वारेन्टिनमा राख्ने डरले दोस्रो तलाबाट हाम फाले बस्नेत
घरको तलाबाट हाम फालेका अभिषेकको आरडिटी नेगेटिभ
सम्बन्धित
तपाईको प्रतिक्रिया