मृगको मासु र हतियारसहित ४ जना पक्राउ
समाधान संवाददाता
२०७७ वैशाख ३१ गते १७:३६

पाेखरा
पोखरा महानगरपालिका-३१ बिनेरीकुनाबाट भरुवा बन्दुक १ थान, सोको गोली १ थान, म्याग्जिन १ थान र मृगको मासु ६ केजी सहित ४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-३१ बिनेरीकुना बस्ने ५४ वर्षीय आइते पोडे, ३८ वर्षीय राजकुमार पोडे, २७ वर्षीय सरल न्यौपाने र ३९ वर्षीय गणेश गौतम छन् ।
आइतेको घरमा मृग मारेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता इन्स्टपेक्टर नरहरि अधिकारीले जानकारी दिए ।
उनको घर तलासी गर्ने क्रममा उनीहरुलाई मृगको मासु भाग लगाइरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । साथै आइतेको घरबाट लुकाइछिपाइ राखेको उक्त हातहतियार समेत प्रहरीले बरामद गरेको हो ।
सम्बन्धित







पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कोक्यापको कार्यशाला
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया