आगलागी पीडितलाई लायन्सकाे सहयाेग

समाधान संवाददाता २०७७ वैशाख ३१ गते १९:०४

पाेखरा

कास्कीकाे मादी गाउँपालिका १, सिक्लेसमा आगलागीबाट पीडित  विपन्न १ परिवारलाई लायन्स डिस्ट्रिक्ट ३२५ बी १ ले सहयाेग गरेकाे छ ।

सिक्लेसका आश बहादुर/ दुर्गा परियारको घर जलेर पूर्ण क्षति भएकाले लायन्सले सहयाेग गरेकाे हाे । डिस्ट्रिक्ट गभर्नर इन्दु लम्सालकाे पहलमा रिजन चियरपर्सन ऋषि गिरीकाे संयोजनमा राहत वितरण गरिएकाे हाे ।

आगलागी हुँदै गर्दाकाे दृश्य

जस्ता पाता, दैनिक प्रयाेजनका खाद्यान्न, लत्ताकपडा लगायत सामग्री प्रदान गरिएकाे संयाेजक ऋषि गिरीले जानकारी दिए ।

कार्यक्रममा डिस्ट्रिक्टका पूर्व गभर्नर धनराज आचार्य, रिजन चियरपर्सन ऋषि गिरी, जोन चियर पर्सन पुष्पाकुमारी आचार्य, वसन्तराज सिग्देल, कमिटी को-चियरपर्सन तीलकप्रसाद तिवारी लगायत सहभागी थिए ।

तपाईको प्रतिक्रिया