भारतकाे उत्तरप्रदेशमा २ सय ६८ रेलबाट ३ लाख फर्किए
समाधान संवाददाता
२०७७ वैशाख ३१ गते २०:२४

लखनउ, ३१ वैशाख (रासस/पिटिआई)
भारतमा सवैभन्दा धेरै उत्तर प्रदेशमा तीन लाखभन्दा बढी नागरिक आएका छन् ।देशका विभिन्न ठाउँबाट २ सय ६८ ओटा विषेश रेल सेवामार्फत् उनीहरु उत्तर प्रदेश आएको वरिष्ठ एक अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।
उनीहरुलाई होम क्वारेन्टाइनमा पठाउनु अघि स्वस्थ्य परिक्षण गरिएको र खाद्य पदार्थको प्याकेट पनि दिने गरिएको अतिरिक्त मुख्यसचिव आश्विन अवस्थीले बताउनुभयो ।
कुल तीन लाख २६ हजार ४० जना मानिस आएको पनि उहाँले जानकारी दिनुभयो । उनीहरु मध्ये सवैभन्दा धेरै गोरखपुर आएका छन् । गोरखपुरका ४३ ओटा रेलमा ४४ हजार ५७४ जना आएका छन् ।
उत्तर प्रदेशको लखनउ, जौनपुर, प्रयागराज, बरेलि, प्रतापगढ, गोन्डा, आग्रा, बालिया, रायबरेली, वाराणाशी, कानपुर लगायतका ठाउँमा जाने मानिस पनि विभिन्न ठाउँबाट फर्किएका छन् ।
सम्बन्धित









मतदाता संख्या १ करोड ८९ लाख
लेकसाइडः नयाँ वर्षको गन्तव्य
पत्रकार र मिडियाको संख्या बराबर !
सम्पादकीय—गुरुङ संस्कृतिका धरोहरलाई श्रद्धासुमन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया