१ सय १३ वर्षे महिलाले जितिन् काेराेना

समाधान संवाददाता २०७७ जेठ १ गते ६:२५

म्याड्रिड

स्पेनमा १ सय १३ वर्षीया वृद्धा कोरोना भाइरस मुक्त भएकी छन्। केयर होममा बस्दै आएका अरु धेरै जना वृद्धवृद्धाको मृत्यु भए पनि १ सय १३ वर्षीया ती वृद्धाले कोरोना भाइरसलाई परास्त गर्न सफल भएकाे समाचार एजेन्सीहरुले जनाएका छन् ।

अमेरिकामा जन्मिएकी मारिया ब्रानयासलाई गत अप्रिलमा कोरोना संक्रमण भएको थियो। उनी विगत २० वर्षदेखि स्पेनको पूर्वी सहर ओलोटको सान्टा मारिया डेल टुरा केएर होममा बस्दै आएकी थिइन्। उनमा श्वासप्रश्वासको समस्या देखिएको थियो।

Advertisement

केयर होमकी प्रवक्ताले मारिया बाँच्न सफल भएको र अहिले स्वास्थ्य अवस्था निकै राम्रो रहेको बताइन्। उनले भनिन्, ‘मारियाको गत साता स्वास्थ्य परीक्षण गरिएको थियो र उहाँको नतिजा नेगेटिभ देखिएको थियो।’

३ सन्तानकी आमा मारियालाई केही साता उनकै कोठामा आइसोलेसनमा राखिएको थियो। उनको स्याहारका लागि १ कर्मचारीलाई व्यक्तिगत सुरक्षा सामग्री लगाएर खटाइएको थियो।

Advertisement

सो केयर होममा कोरोनासँग सम्बन्धित स्वास्थ्य जटिलताका कारण धेरै जनाको ज्यान गएको केएर होमकी प्रवक्ताले बताइन्।

मारियाका बारेमा हालैका वर्षहरुमा स्पेनी मिडियामा धेरै लेखरचना प्रकाशन भइसकेका छन्। उनी स्पेनमै सबैभन्दा बढी उमेरकी व्यक्तिका रुपमा सम्मानित हुँदैआएकी छन्। एजेन्सीहरुकाे सहयाेगमा

मारियाको जन्म अमेरिकाको सान फ्रान्सिस्कोमा मार्च ४, १९०७ मा भएको थियो।

मारिया आफ्नो परिवारका साथ पहिलो विश्वयुद्धताका डुंगा चढेर स्पेन फर्किएकि थिइन्। उनी सन् १९१८–१९ को स्पेनी फ्लु र सन् १९३६–३९ को स्पेनी गृहयुद्धमा पनि बाँच्न सफल भएकी थिइन्।

स्पेनी स्वास्थ्य मन्त्रालयका अनुसार हालको कोरोना भाइरसको महामारीबाट स्पेनमा २७ हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ। युरोप र अन्य क्षेत्रका मुलुक झैं स्पेनमा पनि ज्येष्ठ नागरिकहरुमा कोरोना भाइरसको सर्वा्धिक असर परेको छ।

तपाईको प्रतिक्रिया